Logo

पछिल्लो २४ घण्टामा थपिए १,२०१ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ५३,१२० पुग्यो

पछिल्लो २४ घण्टामा थपिए १,२०१ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ५३,१२० पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शनिबार थप १,२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ । ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन् । १० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्