Logo

अब काठमाडौं आवतजावतमा थप कडाई, सिफारिश लिन प्रमाण पुग्ने कागजातसहित व्यक्ति स्वंय उपस्थित हुनुपर्ने

अब काठमाडौं आवतजावतमा थप कडाई, सिफारिश लिन प्रमाण पुग्ने कागजातसहित व्यक्ति स्वंय उपस्थित हुनुपर्ने



काठमाडौं । काठमाडौं उपत्याकामा निषेधाज्ञा आंिशकि खुलेपनि आवतजावतमा भने थप कडाइ भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ । सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ ।

‘कोभिड १९ को बढ्दो संक्रमणका कारण काठमाडौै जिल्लामा जारी गरेको निषेध आदेशको अवधिमा जिल्लाबाट बाहिर जाने अत्यावाश्यक काम जस्तै दाहसंस्कार, कर्मचारीको सरुवा भै जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिदै आएकोमा अब उप्रान्त सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावाश्यक कामको प्रयोजन स्पस्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र तथा सम्बन्धित गन्तव्य स्थानीय तहको सिफरिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ’, बिहीबार जारी सूचनामा भनिएको छ ।

साथै तोकिएका अत्यावाश्यक कार्यबाहेक काठमाडौँ जिल्ला बाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL