काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल ह्वात्तै बढेको छ । उपत्यकाका ३ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो भएको बुधबार जानकारी गराएका थिए । सोसँगै निषेधाज्ञाका कारण २१ दिन घरभित्रै रहेका सर्वसाधारण पुन्ः आफ्नो दैनिकीमा फर्किने क्रममा घरबाहर निस्केका छन् । जसका कारण उपत्याकाका ३ वटौ जिल्लामा बिहानैदेखि भीभाड बढेको छ ।
भदौ तीन गते मध्य रात देखि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा आदेश जारी भएकोका आज बिहीबारदेखि उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाइएको छ ।
सर्वाजनिक सवारीसमेत जोरबिजोर सञ्चालन गर्न अनुमति दिएसँगै उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको देखिएको छ । मानिसहरु निषेधाज्ञाको प्रवाह नगरी सडकमा निस्केको देखिन्छ । कार्यालहरु र व्यवसायसमेत आजदेखि खुलेका कारण उपत्यकामा चहलपहल बढेको देखिन्छ ।
निजी र सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आएसँर्गै सडकमा सवारी चपा बढेको छ । सुरक्षाकर्मीले पनि सवारी साधनको चेकजाँचलाई खुकुलो बनाएको छ ।
लामो समय निषेधाज्ञा हुँदा अर्थतन्त्र धारासायी हुने र मानिसहरुलाई रोगले भन्दा भोकले सताउने स्थिति आएपछि निषेधाज्ञाको मोडालिटि परिवतर्तन गरी बजारलाई खुला गर्न जनदवाव बढेसँगै सरकारले निषेधाज्ञा खुकुलो बनाएको हो ।
व्यवसायीहरुले फेरि पनि निषेधाज्ञा जारी भए निषेधाज्ञा आदेश उल्लंघन गरेरै भएपनि व्यवसाय सञ्चालन गर्ने बताएपछि सरकार निकै दबाबमा परेको थियो ।
बुधबार रातिदेखि निषेधाज्ञा खुकुलो बनाउदै यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि सञ्चालनमा आएका छन् । सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएको छ ।
व्यापार व्यवसाय शर्तहरु सहित खोल्न दिने निर्णय भएको छ भने काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न भने निषेध कायमै रहेको छ ।
यस अघि भदौ ३ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो । फेरी त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
सरकारले काठमाडौं उपत्यकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाउने निर्णय आम जनताको पक्षमा रहेको भएपनि जनता संयमित हुन नसके थप खतरा हुने स्वास्थ्य विज्ञको धारणा छ ।
जनस्वास्थ्यज्ञ विज्ञ डा रबीन्द्र पाण्डेले भने– ‘हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो । सरकारले बल हाम्रो हातमा दिएको छ । अब हामी सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर संयमित भएर अघि बढनुपर्छ । अन्यथा जटिल परिस्थिति आउन पनि सक्छ ।’