Logo

काठमाडौंमा भदौ महिनाभरि निषेधाज्ञा थप्ने सरकारी तयारी, व्यवसायी तथा सर्वसाधारण भने तुरुन्तै निषेधाज्ञा हटाउनुपर्ने पक्षमा

काठमाडौंमा भदौ महिनाभरि निषेधाज्ञा थप्ने सरकारी तयारी, व्यवसायी तथा सर्वसाधारण भने तुरुन्तै निषेधाज्ञा हटाउनुपर्ने पक्षमा



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि बुधबार रातिदेखि सकिदैं छ । यससँगै जारी निषेधाज्ञा अब के हुने हो भन्ने आम चासोको विषय बनेको छ । निषेधाज्ञा थप्ने वा थप्ने विषयमा सरकारले छलफल शुरु गरेको छ ।

निषेधाज्ञाका सम्बन्धमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको बताइएको छ । बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको बताइएको छ ।

यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने बताइएको छ ।

कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको थियो । हालसम्म १–१ हप्ता गरि दुई हप्ता लगातार निषेधाज्ञा जारी भइसकेको छ ।

करीब ६ महिनायता निरन्तरको लकडाउन र निषेधाज्ञाले सर्वसाधारण र व्यवसायी भने निकै समस्यामा परेका छन् । जसका कारण उनीहरुले भने लकडाउन वा निषेधाज्ञाका नाममा थप प्रतिबन्धहरु नलगाउन सरकारसँग माग गर्दै आएका छन् ।

सरकार भने मोडालिटी परिवर्तन गरेर भएपनि अझै एक हप्ता भदौं महिनाभर काठमाडौं उपत्याकामा निषेधाज्ञा जारी गर्ने योजनामा रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

दाहालले उपत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको बताउँदै अब निषेधाज्ञा गर्न नहुने बताएको स्रोतले बतायो । काठमाडौंमा निषेधाज्ञाबारे तीनै जिल्लका सिडिओहरुले विभिन्न क्षेत्र तथा स्वास्थ्य विज्ञसँग पनि परामर्श गरेर स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय गर्ने बताएइएको छ ।

स्रोतका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल निषेधाज्ञा हटाउने पक्षमा रहेपनि ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी सिडिओ हुमकला पाण्डे भने कोरोनाको जोखिम थप बढने भन्दै निषेधाज्ञा जारी राख्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL