Logo

लकडाउन र निषेधाज्ञा अवधिभरको व्यावसायिक घरभाडा, सम्पूर्ण कर तथा ब्याज मिनाहा गर्न महासंघको माग

लकडाउन र निषेधाज्ञा अवधिभरको व्यावसायिक घरभाडा, सम्पूर्ण कर तथा ब्याज मिनाहा गर्न महासंघको माग



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन् ।

‘लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ’, अध्यक्ष कटुवालले भने ।

महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न माग समेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ ।

विस २०७३ सालमा स्थापना भएको महासंघमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL