Logo

खतिवडाको नाममा लगानीकर्ताले गर्दै आएको चलखेल टिकेन, नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

खतिवडाको नाममा लगानीकर्ताले गर्दै आएको चलखेल टिकेन, नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि खुम्चियो



काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा सेयर बजारमा गर्दै आएको चलखेल उदांगो भएको छ । केही सिमित स्वार्थ समुहका लगानीकर्ताहरुले अर्थमन्त्रीबाट युवराज खतिवडा हट्ने सन्देश दिएर केही समय बजार बढाएपनि खतिवडा हटेसँगै पुनः घट्न सुरु गरेको छ । अर्थमन्त्रीबाट खतिवडा हटेको पहिलो दिन दोहाोरो अंकले घटेको नेप्सेमा भोलिपल्ट पनि सोही अंकको गिरावट आयो ।

विभिन्न सामाजिक संजालहरुमा लगानीकर्ताहरुले अर्थमन्त्रीलाई देखाएर पटकपटक बजार घटाउने र बढाउने गरेपनि अब भने त्यो खेल बन्द भएको देखिएको छ । शुक्रबार डा. खतिवडाको बहिर्गमनसँगै उत्साहित भएका सिमित स्वार्थका लगानीकर्ताले २ कारोबार दिनमा नै निराश हुनुपर्याे ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार पनि आईतबारजस्तै बजार दोहोरो अंकले ओरालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको बजारमा सोमबार १२ दशमलव १७ अंकको गिरावट आएको छ ।

सोमबार ट्रेडिङ समुहको परिसूचकमा २२ अंकको सुधार आउँदा अन्य केही पसरसूचकमा भने गिरावट आएको छ । नेप्सेका अनुसार आज बीमा समुहको परिसूचकमा सबैभन्दा बढी गिरावट आएको छ । जिवन बीमा समुहको परिसुचकमा सोमबार ९२ अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचकमा भने ४६ अंकको गिरावट आएको छ ।

यस्तै आज बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचक पनि १७ अंकले ओरालो लाग्न पुगेको छ । यस्तै आज अन्य समुहको परिसुचक भने ३ अंकले उकालो लाग्दा माईक्रोफाईनान्स समुहको परिसुचकमा १ अंकको वृद्धि भएको छ ।

बिहानैदेखि घटबढ भएको बजारमा कारोबार रकमले समेत साथ छोडेको छ । नेप्सेका अनुसार आज दिनभरीमा १ सय ९२ कम्पनीका ५५ लाख ९५ हजार ५ सय ५१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १६ करोड ४९ लाख ३० हजार २ सय १४ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL