Logo

निजी ल्याबको रिपोर्टमा कोरोना बीमा भुक्तानी नपाइने, नक्कली रिपोर्ट बनाएको आरोप

निजी ल्याबको रिपोर्टमा कोरोना बीमा भुक्तानी नपाइने, नक्कली रिपोर्ट बनाएको आरोप



काठमाडौं । अब देखि निजी ल्यावबाट ल्याएको कोरोना रिपोर्टको आधारमा कोरोना बीमा भुक्तानी नपाईने भएको छ । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले अबदेखि निजी ल्यावबाट ल्याएको कोरोना रिपोर्टका आधारमा बीमा भुक्तानी नपाईने निर्णय गरेको हो ।

पछिल्लो समय निजी क्षेत्रका ल्यावहरुबाट नक्कली रिपोर्ट आउने क्रम बढेको भन्दै समितिले मापदण्ड बनाएरै सरकारी ल्यावमा परिक्षण गरेको रिपोर्टको आधारमा मात्रै बीमा भुक्तानी दिने निर्णय गरेको हो ।

समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ को अनुसूचि ११ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट कोरोना परीक्षण गरी रिपोर्ट आएको ७ दिनभित्र बीमा दावी भुक्तानी हुने उल्लेख गरेको छ ।

तर मापदण्डमा निजी क्षेत्रबारे कुनै कुरा नखुलाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार समितिले पहिल्यैदेखि नै उक्त निर्णय गरेपनि पछिल्लो समय भने यो विवादमा आएको हो ।

सरकारी कोषमार्फत संचालन हुने कोरोना बीमा सुविधा पछि केही अनियमितता भएमा समिति माथि प्रश्न उठ्नसक्ने भन्दै समितिले पहिल्यै यस्तो निर्णय गरेको उनले बताए ।

निजी क्षेत्रका ल्यावहरुको रिपोटै अविश्वनिय हुने भएको भन्दै समितिले यस्तो निर्णय गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL