Logo

यौन सम्बन्ध राख्दा मास्क लगाउन डाक्टरको सुझाव, भन्छिन-चुम्बन गर्न पनि छाडनुहोस

यौन सम्बन्ध राख्दा मास्क लगाउन डाक्टरको सुझाव, भन्छिन-चुम्बन गर्न पनि छाडनुहोस



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट जोगिन जोगिन यौन सम्बन्ध राख्दा मास्क लगाउन क्यानाडाकी चर्चित डाक्टरले सुझाव दिएकी छन् । क्यानाडाको प्रमुख जनस्वास्थ्य अधिकारी डा थेरेसा तामले यौनसम्बन्धको बेला यसबारे विचार गर्न आग्रह गरेकी हुन् ।

बुधबार एक पत्रकार सम्मेलनमा उपस्थित डा तामले महामारीको सबैभन्दा कम जोखिमयुक्त यौनसम्बन्धको विकल्प मास्क लगाउनु र चुम्बन नगर्नु नै रहेको बताइन ।

डा थेरेसा तामले जारी एक विज्ञप्तिमा वीर्य वा योनिको तरल पदार्थबाट कोभिड १९ सर्न सम्भावना नभएपनि पार्टनरहरूसँगको यौन क्रियाकलापले भाइरस संक्रमित हुने जोखिमलाई बढाउने उल्लेख गरेकी छन् । विज्ञप्तिमा यस्तो जोखिम विशेष गरी चुम्बनको क्रममा थप बढी हुने उनले बताएकी छन् ।

उनले भनेकी छन्– यो अवधिमा अन्य गतिविधिहरूमा भन्दा बढी शारीरिक निकटता रहने गर्छ । तर, यस्ता केही उपायहरु छन् जसले संक्रमित हुने र भाइरस फैलाउने जोखिमलाई कम गर्न सकछन र तपाईंहरुले त्यसलाई अपनाउन सक्नुहुन्छ।’

डा तामले चुम्बन नगर्न, अनुहारको नजिक नलैजान र आफ्नो मुख र नाक ढाक्ने मास्क लगाउन सुझाव दिदैं आफू र आफ्नो पार्टनरको यौन गतिविधि अघि नै लक्षणहरू अवलोन गर्न सुझाव दिएकी छन् ।

उनले कोभिड १९ को समयमा सबैभन्दा कम जोखिमयुक्त यौन गतिविधि आफै एक्लै यौन क्रियाकलापमा संलग्न हुनु हो पनि भनेकी छन् । उनले भनेकी छन्– ‘यौन स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण हिस्सा हो । तर, यो समयमा सावधानी अपनाएर शारीरिक आत्मीयताको आनन्द लिनको लागि हामी सबैले कोभिड १९ को नियन्त्रणमा गरिरहेको प्रगतिलाई सुरक्षित राख्न वैकल्पिक उपायहरू खोज्नुपर्छ ।’

क्यानडामा सेप्टेम्बर १ सम्ममा कोभिडबाट १ लाख २९ हजार ४ सय २५ संक्रमित र,, ९ हजार १३२ व्यक्तिको मृत्यु भएको छ । क्यानाडामा दैनिक नयाँ संक्रमितहरुको संख्या निकै घटेको भएपनि केही पश्चिमी क्यानेडाली प्रान्तहरूमा थप संक्रमण बढेको समयमा डा तामले यस्तो बताएक हुन् । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL