Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने नथप्नेबारे यस्तो आयो निर्णय, दुई विकल्प सिफारिस गर्न सिडियोहरु सहमत

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने नथप्नेबारे यस्तो आयो निर्णय, दुई विकल्प सिफारिस गर्न सिडियोहरु सहमत



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने नथप्नेबारे ३ जिल्लाका सिडियोको भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले निषेधाज्ञाबारे गृह मन्त्रालयमा दुई विकल्प सिफारिस गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भोलि बुधबार मध्यरातिबाट सकिँदैछ । तर, कोरोनाभाइरस संक्रमण जोखिम कम भइनसकेको भन्दै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा पुनः थप गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।

काठमाडौैं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको मंगलबार भर्चुअल बैठकले गृह मन्त्रालयमा हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने वा निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने गरि दुईवटा विकल्प सिफारिस गर्ने निर्णय गरेका हुन् ।

यही भदौ ३ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा पुनः थपिने आममानिसहरुले अनुमान गरिरहेका बेला यससम्बन्धमा बुधबार मात्रै निर्णय हुने भएको छ ।

अब के गर्ने भन्नेबारेमा बुधबार तीनवटै जिल्लाका सिडिओ, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बसेर निर्णय लिइने बताइएको छ। तर, यसबारे मंगलबार नै सिडिओहरुको बैठकमा छलफल भने भएको छ । पहिलोपटक भदौ १० गतेसम्मका लागि भनिएकामा पुनः एक साता लम्ब्याइएर भदौ १७ गतेसम्म पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL