Logo

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी, यसपटकको निषेधाज्ञामा थप कडाई हुने

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी, यसपटकको निषेधाज्ञामा थप कडाई हुने



काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने गृहकार्य शुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताइएको छ । कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले निषेधाज्ञा थप्न सकिने प्रमुख जिल्ला अधिकारीहरुले बताइसकेका छन् ।

भदौ १ गतेयता मात्र उपत्यकामा ३ हजार ७ सय १८ संक्रमित थपिएका छन् । यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था नभएको भन्दै उनले कडाइ अझै जारी राख्न जरुरी रहेको बताइन । उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए ।

‘सीसीएमसीको बैठक पनि बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुका सिफरिशबमा्जिम निषेधाज्ञा थप्ने र नथप्नेबारे निर्णय गर्ने बताएको छ । गत भदौ २ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाइका साथ लकडाउन लगाइएको हो । दोस्रो चरणको बुधबार राति १२ बजेदेखि सकिँदैछ ।

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप निर्णय गर्नेछ । अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने बन्द गरिएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा सवारीलाई भने संचालनको अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL