Logo

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर्न डब्ल्यूएचओको चेतावनी, लकडाउन हटाउनु विध्वंशलाई निम्तो दिए सरह हुने भनाई

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर्न डब्ल्यूएचओको चेतावनी, लकडाउन हटाउनु विध्वंशलाई निम्तो दिए सरह हुने भनाई



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ ।

संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधिलाई मञ्जुरी दिने अधिकार भए पनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् ।

डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् ।

यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ । स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा हुने अनुमति दिन्छन् भने यो विध्वंशलाई निम्तो दिए सरह हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL