Logo

कोरोना परीक्षणमा नयाँ प्रयोग, मानिसको सट्टा शौचालयबाट निस्कने पानीको परीक्षणबाट कोरोना पत्ता लगाउन सकिने

कोरोना परीक्षणमा नयाँ प्रयोग, मानिसको सट्टा शौचालयबाट निस्कने पानीको परीक्षणबाट कोरोना पत्ता लगाउन सकिने



काठमाडौं । अमेरिकास्थित विभिन्न कलेजहरुले आफ्ना विद्यार्थीहरुको सुरक्षाका निम्ति संघर्ष गरिरहेका छन् । एरिजोना विश्वविद्यालयले कलेज तथा विद्यालयहरुमा अनावश्यक परीक्षणका कारण पनि कोरोना भाईरस नियन्त्रणमा बाधा पुग्ने उल्लेख गरेको छ ।

यसैक्रममा केही कलेजहरुले भने मानिसद्वारा शौचालयमा उत्सर्जन गरेएको दूषित पानीमा समेत कोरोनाका भाईरस पाईन्छ कि पाईँदैन भनेर परीक्षण गरिरहेका छन् ।

एरिजोना विश्वविद्यालयले पछिल्लो मार्चदेखि विभिन्न २० ओटा भवनहरुको ट्वाईलेटबाट आउने पानीको विश्लेषण गरिरहेको छ । यसै परीक्षणको क्रममा यसै महिना एक टवाईलेटको पानीमा सार्स कोभ–२ (कोरोना संक्रमण गराउने भाईरस) नामक भाईरस भेटिएको थियो । त्यसपछि उक्त भवनमा बस्ने ३ सय ११ जनामा कोरोना भाईरस परीक्षण गरियो जसमध्य २ जनामा लक्षणविहिन कोरोना संक्रमण देखिएको थियो ।

हाल यस्तै प्रकारको परीक्षणलाई प्रश्रय दिईने गरिएको छ । एक भवनका हरेकलाई परीक्षण गर्नुको साटो प्रत्येक भवनको ट्वाईलेटबाट आउने पानी परीक्षण गर्ने चलन बढ्दो छ । अर्थात एक भवनको प्रतिनिधित्व त्यस भवनभरिका ट्वाईलेटबाट आउने पानीले गर्नेछ । तर, उक्त विधिले कतिजनामा संक्रमण छ भन्ने कुराको भने पुष्टि गर्दैन ।

यस्तो परीक्षणले निश्चित भवनका मानिसहरुलाई सुरक्षित रहन र आईसोलेसनमा बस्न समेत ठुलो सहयोग पुग्नेछ । मानिसलाई संक्रमण भएको ४ देखि १० दिनमा भाईरसका लक्षण देखिने भएकाले ढलमार्फत यसको परीक्षणमा सहयोग पुगेको देखिन्छ ।

यस्तै हामीले प्रयोग गरेर छोडेको पानीमा विभिन्न प्रकारका रसायनहरु हुन्छन् । जसका कारण विभिन्न प्रकारका संक्रमणहरु फैलने सम्भावना हुन्छ । यस्तै हामीले प्रयोग गरेर छोडेको खाना, तेल, केमिकललगायतमा पनि त्यत्तिकै खतरा हुन्छ ।

यस्ता बस्तुहरुबाट विषाक्त रसायन उत्सर्जन हुने गर्दछ । अहिले अनुसन्धानकर्ताहरु हरेक मानिसको कोरोना परीक्षण गर्नेभन्दा पनि सामूहिक रुपमा उपयोग हुने शौचालय, ढलजस्ता क्षेत्रमा उत्सर्जन हुने बस्तुको परीक्षण गर्ने र संक्रमणको निष्कर्ष पत्ता लगाउन अग्रसर भएका छन् ।

यसले एकातिर सबै जनाको परीक्षण गर्नु नपर्ने, आर्थिक रुपमा बोझ कम हुने र समूहमा संक्रमण रोकन सहयोग पुग्ने ठानिएको छ । –याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL