Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या साढे २ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ८ लाख ४७ हजार नजिक (अपडेट)

कोरोना कहर : विश्वभर संक्रमितको संख्या साढे २ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ८ लाख ४७ हजार नजिक (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीबाट संक्रमितको संख्या साढे दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार बिहानसम्म संक्रमितको २ करोड ५१ लाख ६२ हजार नाघेको छ ।

संक्रमितमध्ये ६९ दशमलव ५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ । त्यसमध्ये ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ । ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ४७२ जनाको ज्यान गएको छ भने १२ लाख ४१ हजार ९१२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्