Logo

तथ्यांकनै तोडमोड भएपछी विश्व बैंकले डुइङ बिजनेस रिपोर्ट सार्वजनिक नगर्ने

तथ्यांकनै तोडमोड भएपछी विश्व बैंकले डुइङ बिजनेस रिपोर्ट सार्वजनिक नगर्ने



काठमाडौं । विश्व बैंकले पछिल्लो १७ बर्षदेखि सार्वजनिक गर्दै आएको डुईङ विजनेस रिपोर्ट सार्वजनिक नगर्ने भएको छ । पछिल्लो समय केही देशहरुले आफ्नो डुईङ विजनेस सुचकांक सुधार गर्नका लागि तथ्यांकमा अनियमितता गरेको रिपोर्ट भएपछि यसको छानविनका लागि विश्व बैंकले उक्त रिपोर्ट सार्वजनिक रोकेको हो ।

विश्व बैंकका अनुसार डुईङ विजनेस रिपोर्ट कुनै एक देशलाई ध्यान दिएर मात्रै नभई विश्वभरका देशलाई ध्यान दिएर सार्वजनिक गरिने रिपोर्ट हो । तर यसको विश्वसनियतामा नै प्रश्न खडा भएपछि विश्व बैंकले यसबारे अनुसन्धान गर्ने भएको हो ।

यसका लागि विश्व बैंकले पछिल्लो ५ बर्षदेखिको डुईङ विजनेस रिपोर्टलाई अध्ययन गर्दै अनुसन्धान गर्ने बताएको छ । यस्तै विश्व बैंकले यसका लागि विश्व बैंकका अडीट र लेखा शाखा प्रमुखसँग नै तथ्यांकको विश्लेषण गरिने जानकारी दिएको छ ।

यसअघि नेपालले पनि डुईङ विजनेस सुचकांकमा गोलमटोल तथ्यांक दिएर सुचकांक सुधारेको आरोप लागेको थियो । यस्तै रिपोर्ट विश्व बैंकमै पुगेपछि विश्व बैंकले उक्त अनुसन्धान गर्नसम्मका लागि रिपोर्ट सार्वजनिक गर्न रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL