Logo

ब्रोकरले डिम्याट खाता खोल्न नपाउने, डिम्याट खोल्ने र सेयर बिक्री गर्ने निकाय फरक बनाउँदै बोर्ड

ब्रोकरले डिम्याट खाता खोल्न नपाउने, डिम्याट खोल्ने र सेयर बिक्री गर्ने निकाय फरक बनाउँदै बोर्ड



काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुले हितग्राही खाता (डिम्याट खाता) खोल्न नपाउने भएका छन् । हाल सेयर ब्रोकरहरुले नै धेरैजसो लगानीकर्ताको डिम्याट खाता खोल्दै आएकोमा अबका दिनमा त्यसलाई रोक लगाईने भएको छ ।

सेयर खरिदबिक्री र डिम्याट खाता खोल्ने काम एउटै संस्थाले गर्दा स्वार्थ बाझिने भएकाले ब्रोकरलाई डिम्याट खाता खोल्न रोक लगाउन लागिएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘जुन निकायसँग डिम्याट खाता रहन्छ उसैले सेयर खरिदबिक्री गर्न हुँदैन भन्ने हो,’ उनले भने, ‘यदि सेयर खाताको सबै अधिकार तथा जानकारी र उक्त सेयर बिक्री जिम्म एउटै निकायलाई हुँदा कुनै व्यक्तिको स्वीकृति विनै डिम्याट खातामा भएको सेयर बिक्री गरिदिए भने को जिम्मेवारी ?’

एउटै व्यक्तिले दुबै काम गर्दा स्वार्थ बाझिने भएकाले नै डिम्याट खाता खोल्ने र सेयर बिक्री निकायलाई फरक फरक गर्न लागिएको ढुंगानाको तर्क थियो । लगानीकर्ताको सुरक्षा र बजारलाई थप मजवुद बनाउनैका लागि पनि डिम्याट खाता खोल्ने र सेयर खरिदबिक्री गर्ने नियका फरक गर्न लागिएको उनको तर्क थियो । ‘अहिले सेयर बजारमा एउटै संस्थाले डिम्याट खाता खोल्ने र उक्त खातामा भएको सोही संस्थाले नै विक्री गर्ने काम भैरहेको छ,’ उनले भने, ‘यसले कुनै पनि समय जोखिम निम्त्याउन सक्छ तसर्थ अहिले नै फरक फरक गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL