Logo

डब्लुएचओद्वारा बालबालिकालाई मास्क लगाउने बारे नयाँ नियम जारी, कति वर्षका बालबालिकाले कस्तो मास्क लगाउनुपर्छ ?

डब्लुएचओद्वारा बालबालिकालाई मास्क लगाउने बारे नयाँ नियम जारी, कति वर्षका बालबालिकाले कस्तो मास्क लगाउनुपर्छ ?



काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीको सन्दर्भमा १२ बर्षभन्दा बढी उमेरका बालबालिकाका लागि मास्क लगाउने बारे नयाँ नियम जारी गरेको छ ।

डब्लुएचओले जुन जुन देशले वयस्कका लागि कोरोनाबाट बच्न जे जस्ता नियम लागु गरेका छन्, १२ बर्षभन्दा माथिका बालबालिकामा समेत सोहि नियम लागु गर्न अपिल गरेको छ ।

डब्लुएचओले बालबालिकामा कोरोनाको असरका बारेमा अझै स्पष्ट हुन नसकेको बताउदै किशोर बालबालिकामा समेत वयस्कलाई जस्तै कोरोना संक्रमण भएको बताएको छ ।

त्यस्तौ डब्लुएचओले ५ बर्षभन्दा कम उमेरका बच्चालाई मास्क नलगाउन भनेको छ । त्यस्तै ६ देखि ११ बर्षका बालबालिकालाई भने मास्क लगाउन र निकाल्न अभिभावकले सहयोग गर्नुपर्ने र उनीहरुलाई अवस्था हेरेर ध्यान दिन डब्लुएचओले आग्रह गरेको छ ।

त्यस्तै डब्लुएचओले ६० बर्षभन्दा कम आयुका सबैले कपडाको मास्क लगाउन सुझाव दिएको छ भने ६० भन्दा बढी उमेरका र रोगले ग्रस्त सबैले मेडिकल मास्क लगाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL