काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक बषै २०७६र७७ मा ३ अर्ब १४ करोड नाफा गरेको छ । जनता बैंकसँग विग मर्जर गरेको ग्लोबल आईएमई बैंकले अघिल्लो अबको तुलनामा आफनो नाफामा वृद्धि गरेको हो ।
जनतासँग मर्ज हुनुभन्दा अघि अघिल्लो आबमा ग्लोबलको नाफा २ अर्ब ७५ करोड रहेको थियो । बैंकले गत अबको नाफाबाट आफ्ना सेयर धनीलाई १ अर्ब ७३ करोड रुपैयाँ वितरण गर्न सक्नेछ ।
जनतासँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको रिजर्भमा ८ अर्ब ४१ करोड रुपैयाँ छ ।
हालसम्म बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
सो अबधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो अबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ०.५५ प्रतिशत रहेकोमा गत आबमा आईपुग्दा बढेर १.८० प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ छ ।
मेगा बैंक
केही समय अघि मात्रै गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंकले आर्थिक बर्ष २०७६ र ७७ मा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
गण्डकीलाई गाभेसँगै १३ अर्ब १३ करोड चुक्ता पूँजी पुगेको सो बैैककोे जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
हालसम्म बैंकको कुल निक्षेप १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रबाह १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १.२० प्रतिशत रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंक
कोरोनाको झड्का स्टयान्डर्ड चार्टर्ड बैंकलाई पनि परेको छ । जसका कारण बैंकको नाफामा १७.७६ प्रतिशतले गिरावट आएको छ ।
बैंकले गत अबमा १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । जबकि अघिल्लो अबमा २ अर्ब ४३ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
कुल ८ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आईपुग्दा बैंकले ९८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९१ करोड रुपैयाँ कर्जा कर्जा प्रबाह गरेको छ ।
सो अबधिमा बैंकको खराब कर्जा भने केही बढेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ०.१५ प्रतिशत रहेकोमा गत आबमा आईपुग्दा ०.४४ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा रहेको छ ।
लक्ष्मी बैंक
कोरोनाको कारण लक्ष्मी बैंकको नाफामा पनि गिरावट आएको छ । अघिल्लो आबमा १ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा गरेको सो बैंकको गत आबमा घट्दै १ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ ।
प्रकाशित गरेको वित्तीय विवतरण अनुसार बैकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको लक्ष्मी बैंकको निक्षे १ खर्ब रुपैयाँ रहेको छ भने ८९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
सो अबधिमा बैंकले आफ्नो खराब कर्जा भने घटाएको छ । अघिल्लो बर्षमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १.२० प्रतिशत रहेकोमा गत आबमा आईपुग्दा घटाउँदै १.०४ प्रतिशतमा झारेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ ।