Logo

पौने २७ अर्ब कमाउन वाणिज्य बैकले गरे ३० अर्ब खर्च, कसको खर्च कति ?

पौने २७ अर्ब कमाउन वाणिज्य बैकले गरे ३० अर्ब खर्च, कसको खर्च कति ?


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

४ असोज, काठमाडौं । वाणिज्य बैंकको वार्षिक खर्च ३० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७१÷७२ मा वाणिज्य बैंकहरुले कुल ३० अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका छन् । जसमध्ये १७ अर्ब ८० करोड रुपैयाँ कर्मचारी खर्च रहेको छ भने १२ अर्ब ७८ करोड रुपैयाँ अन्य संचालन खर्च रहेको छ । गत आवमा बैंकले सो रकम खर्च गरेर कुल २६ अर्ब ७९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आवमा सवैभन्दा बढी खर्च सरकारी स्तरका ३ वटा बैंकको रहेको छ । जसमध्ये पनि सवैभन्दा बढी खर्च कृषि विकास बैंकको रहेको छ । बैंकले गत आवमा कर्मचारी र अन्यमा गरी ३ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ । जबकि बैंकले सो आवमा १ अर्ब ८७ करोड रुपैयाँ मात्र खुद नाफा कमाउन सफल भएको छ । बैंकको ग्रामीण स्तरमा समेत शाखा भएकाले कर्मचारी तथा भवन भाडाका लागि बढी खर्च हुने गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए । ‘हामीले देशका सवैजसो स्थानमा पुगेर जनतालाई बैंकिङ सेवा दिँदै आएका छौं,’ उनले भने, ‘सवै स्थानमा पुगेर सेवा दिनु पर्ने भएकाले पनि आम्दानीको तुलनामा खर्च बढी भएको हो ।’

यसैगरी, दास्रो बढी खर्च राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । उसले गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ कर्मचारी तथा अन्य क्षेत्रमा खर्च गरेको छ भने ४ अर्ब ५० करोड रुपैयाँ खुद आम्दानी गरेको छ । खर्चको हिसाबले तेस्रो स्थानमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको मासिक खर्च ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । उसले सो रकम खर्चेर ५२ करोड रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ । खर्चको तुलनमा यो नाफा एकदमै न्युन हो । पहिलाको बक्यौता कर रकम यस वर्षको नाफाबाट तिरेकोले नाफा कम देखिएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत िदेवेन्द्रप्रताव शाहले बताए । ‘हामीले गत आवमा १ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छौं,’ उनले भने, ‘जसमध्ये ४८ अर्ब रुपैयाँ पुरानो कर पछ्र्यौट वापत तिरेका छौं ।’ यता निजी क्षेत्रबाट संचालित बैंकमा नेपाल ग्लोवल आईएमई, प्रभु, एसबीआई, एभरेष्ट, नविल र नेपाल इनभेष्टमेन्टको खर्च १ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

बैंकको खर्चको तुलनामा सवैभन्दा बढी नाफा भने प्राइम कमर्शियल बैंकले गरेको छ । उसले गत आवमा ४२ करोड रुपैयाँ खर्च गरेर ८० करोड रुपैयाँ खुद आम्दानी गरेको गरेको छ । कम खर्च गरेर बढी नाफा कमाउने वाणिज्य बैंकमा प्राइम अग्रस्थानमा पर्छ । यसैगरी, दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने तेस्रो स्थानमा नविल रहेको छ । उनीहरुले क्रमश १ खर्ब ५ करोड रुपैयाँ खर्च गरेर १ अर्ब ९६ करोड र १ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेर २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

कुन बैंकको खर्च र आम्दानी कति ?

bank-expensive

प्रतिक्रिया दिनुहोस्
MBL