Logo

चिनियाँ व्यापारीले लगाउँदैछन् विश्वकै मूल्यवान मास्क, सुन र हिराजडित मास्कको मूल्य पर्नेछ १८ करोड

चिनियाँ व्यापारीले लगाउँदैछन् विश्वकै मूल्यवान मास्क, सुन र हिराजडित मास्कको मूल्य पर्नेछ १८ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एक इजरायली गहना कम्पनीले विश्वको सबैभन्दा महँगो कोरोनाभाइरस मास्क बनाएको छ । सुन, हिराजडित सो अनुहार कवच (मास्क) को मूल्य १ दशमलव ५ मिलियन अमेरिकी ललर (करीब १८ करोड नेपाली रुपैयाँ ) रहेको छ ।

१८ क्यारेटको ह्वाइट गोल्ड (सेतो सुन) को मास्कमा ३६ सयवटा सेतो र कालो हिराले सजाइएको छ । सो मास्कमा खरीदकर्ताको अनुरोधमा उच्च गुणस्तरको एन–९५ फिल्टर जडान हुने मास्कका इजरायली डिजाइनर आइज्याक लेभीले भने।

याभेल कम्पनीका मालिक, लेभीले भने –‘ अहिले थप दुईवटा यस्तै मास्कको माग आएको छ । जुन यो बर्षको अन्त्यसम्म सम्पन्न हुनेछ, र यो विश्वकै सबैभन्दा मूल्यवान मास्क हुनेछन् । यी मास्कका लागि यो नै अन्तिम सर्त थियो’, उनले भने– यो शर्त पूरा गर्न सजिलो थियो।’

उनले खरिदकर्तालाई को थिए भन्नेबारे बताउन अस्वीकार गरेका छन् । तर, उनी संयुक्त राज्य अमेरिकामा बस्ने चिनियाँ व्यापारी भएको भने उनले बताए ।

मास्क अहिले धेरै देशहरूमा सार्वजनिक स्थानहरूमा अनिवार्य छ। तर २०० ग्राम तौल भएको यो मास्क लगाउन व्यावहारिक हुने भने देखिदंैन । सामान्य सर्जिकल मास्कको भन्दा लगभग १० गुणा बढी तौल भएको यो मास्क निर्माण भइरहेको यरूशलेम नजिकैको आफ्नो कारखानामा एउटा अन्तर्वार्तामा, लेवीले मास्कका केही टुक्राहरू देखाए, जसमा हीराले ढाकिएको थियो। एउटा सुनको प्लेटमा फिल्टरको लागि प्वाल थियो।

‘पैसाले सबै कुरा किन्न सक्दैन तर, पैसाले धेरै महँगो कोभिड–१९ मास्क किन्न सक्छ । खरीदकर्ताले यो लगाउन चाहन्छ र वरिपरि हिँड्न र सबैको ध्यान आफुतिर खिच्न चाहन्छ, ऊ त्यसमा खुशी हुन्छ’, लेभीले भने।

अहिले कोरोना महामारीका कारण विश्वभरका लाखौं मानिस कामबाट टाढा छन् वा आर्थिक रुपमा पीडित छन्। लेवीले भने कि उनी आफैले यो लगाउँदैनन् तर, यो मास्क बनाउने अवसरको लागि भने खरीदकर्तालाई धन्यवाद भन्न चाहन्छन । ‘म खुसी छु कि यस मास्कले हामीलाई हाम्रा कामदारहरूलाई यति चुनौतीपूर्ण समयमा उनीहरूको जागिर बचाउनको लागि पर्याप्त काम दिएको छ,’ उनले भने। एपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL