Logo

सावधान ! नयाँ अध्ययनको निष्कर्ष-लक्षण नदेखिएका कोरोना संक्रमितले पनि पनि लक्षण देखिएकाले जत्तिकै संक्रमण फैलाउँछन्

सावधान ! नयाँ अध्ययनको निष्कर्ष-लक्षण नदेखिएका कोरोना संक्रमितले पनि पनि लक्षण देखिएकाले जत्तिकै संक्रमण फैलाउँछन्


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीसँग जुधिरहेको छ । अहिले विश्वको प्रमुख लक्ष्य नै कोरोना विरुद्ध सही उपचारको खोजी पत्ता लगाउनु हो । यस्तोमा दिनहुँ कोरोना संत्रमण सम्बन्धमा नयाँ–नयाँ अध्ययन र अनुसन्धान भइरहेका छन् । यसैक्रममा अनुसन्धाताहरुले लक्षण नदेखिएका कोरोना संक्रमितले पनि पनि लक्षण देखिएका जत्तिकै संक्रमण फैलाउने नयाँ तथ्य पत्ता लगाएका छन् ।

दक्षिण कोरियाले मार्चको सुरुवातमै मास टेस्टिङमार्फत लक्षण नभएका भाईरस संक्रमित सबैलाई छुट्याएर संक्रमण नियन्त्रणको प्रयास गर्यो । उक्त प्रक्रियाबाट कोरोना संक्रमणको फैलावट रोक्न सकिने प्रमाणहरु पनि धेरै भेटिईसकेका थिए । तर, अनुसन्धाताहरुले भने लक्षण्का आधारमा कतिलाई उक्त भाईरसले छोएको छ भन्ने एकिन गर्न नसकिने बताएका छन ।

कोरोना भाईरस पोजेटिभ देखिएका व्यक्तिहरुलाई समुदायमै अलग्गै राखेर उपचार गर्ने व्यवस्था गरिन्छ । जसअनुसार उनीहरुको नाक र घाँटीको स्वाव परिक्षण गरिन्छ । नियमित उनीहरुको परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै छोडिन्छ ।

पछिल्लो अध्ययनमा १ हजार ८ सय ८६ जननको अनुसन्धान परिक्षण गर्दा उनीहरुमा लक्षणबिनै कोरोना पोजेटिभ देखिएको थियो । यस्तै कोरोनाको भाईरस विकास हुँदैगर्दा उनिहरुमार्फत अन्यमा सर्ने तत्वहरुसमेत बढिरहेको पत्ता लागेको हो । उक्त अध्ययनले लक्षण नभएका बिरामीमा केही समयभित्रमा मात्रै कोरोना पोजेटिभ देखिने उल्लेख गरेको छ । जसअनुसार उनीहरुमार्फत कोरोना सर्ने डर अन्यको तुलनामा बढी हुन्छ ।

खासगरी लक्षण नभएका बिरामीहरुमार्फत १७ देखि १९ दिनसम्ममा कोरोना सर्ने डर बढी रहेको पाईएको छ । तर हाल प्रायः देशहरुले लक्षण नदेखिएका भन्दा पनि लक्षण देखिएका बिरामीहरुको परीक्षण बढी गर्ने गरेका छन् । जसमार्फत कोरोना संक्रमितको तथ्यांक कममात्र देखिएको हुनसक्ने अनुमान गरिएको छ । बिबिसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL