Logo

नयाँ संविधान जारी हुने दिन

नयाँ संविधान जारी हुने दिन


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

असोज ३,काठमाडौं । आज नेपालको ‘संविधान २०७२’ जारी हुँदै छ । आइतवार सात प्रदेश सहितको संविधान जारी हुन लागेको हो ।

संविधानसभाले दुई तिहाई बहुमत सहित पारित गरेको संविधान आज विशेष समारोहबीच संविधानसभा भवनबाट राष्ट्रपति रामवरण यादवले जारी गर्ने कार्यक्रम छ । सुवास नेम्वाङले शुक्रवार प्रमाणिकरण गरेको संविधानसभाको प्रति राष्ट्रपति समक्ष पेस गर्नेछन् ।

राष्ट्रपतिले पाँच ओटा संविधानको प्रतिमा संविधान घोषणा भएको बताएसँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भइ नयाँ संविधान लागु हुने छ ।

करिव ७० बर्ष लामो प्रतिक्षापछि संविधान निर्माणको सपना साकार हुन लागेको हो । यसको खुसियालीमा नागरिकहरुले घरघरमा दिपावलीको तयारी गरेका छन् । तराई मधेशका केही जिल्ला वाहेक सवै ठाउँमा उल्लासमय वातावरण देखिएको छ ।
संविधानसभा भवन दुलही झै सिंगारिएको छ ।

देशमा पहिलोपटक जनप्रतिनिधिमुलक संविधानसभाबाट बनेको संविधान हो । नयाँ संविधानले  गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्नेछ । आइतवारदेखि नै आजैबाट राजतन्त्रको इतिहास  वैधानिक रुपमै अन्त्य हुनेछ ।नयाँ संविधानमा सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्तै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्