Logo

बंगलादेशसँग बीप्पाको पं्रक्रिया शुरू, प्रस्तावउपर अध्ययन हुँदै

बंगलादेशसँग बीप्पाको पं्रक्रिया शुरू, प्रस्तावउपर अध्ययन हुँदै


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ
२ असोज, काठमाडौं । नेपाल र बंगलादेशबीच दुई पक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बीप्पा)को प्रक्रिया शुरू भएको छ । दुई देशबीच हुने बीप्पाका लागि प्रस्ताव तथा मस्यौंदा तयार गर्ने, अध्ययन गर्नेलगायत प्रक्रियागत काम कामशुरू भएको उद्योग मन्त्रालयले जनाएको छ ।

करीब तीन साता अघि बगंलादेशले नेपालसँग (बीप्पा)को लागि प्रस्ताव पठाएको थियो । बीप्पाको प्रारम्भिक मस्यौंदा सहितको पत्र पठाएर बंगलादेशले नेपाल सरकारसँग बीप्पाका लागि औपचारिक प्रस्ताव गरेको थियो । अहिले नेपालका तर्फबाट उक्त प्रस्तावउपर अध्ययन शुरू भएको उद्योग मन्त्रालयले जनाएको छ ।

दुई पक्षीय लगानी प्रवद्र्धनका लागि भन्दै बंगलादेशले पठाएको बीप्पाको प्रस्ताव अघिल्लो साता उद्योग मन्त्रालयमा प्राप्त भएको मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले जानकारी दिइन् । यससँगै दक्षिण एसियाली सहयोग संगठन सार्कको सदस्य राष्ट्र बंगलादेशसँग पनि बीप्पाको औपचारिक प्रक्रिया शुरू भएको उनले बताइन् । ‘मन्त्रालय अन्तर्गत रहेको बीप्पा सम्बन्धी काम गर्ने एक कमिटिले त्यसबारे अध्ययन शुरू गरेको छ’ उनले भनिन्, ‘आगामी साता सोही बीप्पा मस्यौंदाउपर छलफल गर्न मन्त्रालयस्तरको वैठक समेत डाग्ने तयारी गरिएको छ ।’

अध्ययन र छलफल गरेर मन्त्रालयले बंगलादेशसँग गरिने बीप्पाको मस्यौंदालाई नेपालको धारणा राखेर संसोधन गर्ने छ । त्यसपछि सम्बन्धीत मन्त्रालयको राय सुझावअनुसार थप संसोधन गरेर पराराष्ट्र मन्त्रालयमार्फत बंगलादेश पठाउने छ । दुई मुलुकलाई अनुकुल हुने गरी मस्यौंदा तयार भएपछि सम्झौताको तयारी गरिने उनले जानकारी दिइन् । कति महिना वा वर्षभित्र बंगलादेशसँग बीप्पा भइसक्ने यकिन चाहि अहिल्यै गर्न नसकिने उनले बताइन् । ‘दुई मुलुकबीच हुने सम्झौताको प्रक्रिया लामो नै हुन्छ’ उनले भनिन्, ‘सकेसम्म चाडो बीप्पा गर्न उद्योग मन्त्रालयले आफ्नो तहबाट दु्रत गतिमा काम गर्ने छ ।’

हाल नेपालको हवाई सेवा, जलविद्युत, बैंकलगायत क्षेत्रमा बंगलादेशको लगानी रहेको छ । उसले जलविद्युतमा लगानी गर्न तथा जलविद्युत खरीद गर्न इच्छा समेत देखाउँदै आएको छ । दुई मुलुकबीच बीप्पा हुन सकेमा आपसी लगानी तथा व्यापार बढ्ने सरोकारावालाहरु बताउँछन् । नेपालले बंगलादेशसँग यसअघिनै दोहोरो कर मुक्ति सम्झौता (डीटीए) गरिसकेको छ । दुई मुलुकबीच २५ माघ २०७१मा डीटीए भएको थियो । डीटीएलाई प्रत्यक्ष वैदेशिक लगानी तान्न सक्ने महत्वपूर्ण तत्वकारुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्