Logo

अन्ततः सहमतिमा आए यातायात व्यवसायी, बिहीबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउने

अन्ततः सहमतिमा आए यातायात व्यवसायी, बिहीबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउने



काठमाडौं । पछिल्लो डेढ हप्तादेखि सार्वजनिक सवारीसाधन चलाउन आनाकानी गरिरहेका व्यवसायीले बिहीबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउने सहमति गरेका छन । सोमबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत यातायात मजदूर संगठनहरूबीच भएको छलफलपछि साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार यातायात व्यवसायीले सरकारद्वारा तोकिएको स्वास्थ्यसम्बन्धी सबै शर्तहरू पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्ने छन् । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पन्जा, पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने छन् ।

त्यस्तै सार्वजनिक यातायात सञ्चालनका लागि मजदुरहरुको कोरोना बीमा गरिने भएको छ । त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने भएका छन् ।

यातायात सञ्चालका क्रममा कोरोना संक्रमणका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्न कोष खडा गर्ने र त्यसका लागि विभागले मन्त्रालयसमक्ष सिफारिस गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्