Logo

प्राइम बैंकको ८ अर्व पुँजी योजना, बोनस सेयर पहिलो प्राथमिकता

प्राइम बैंकको ८ अर्व पुँजी योजना, बोनस सेयर पहिलो प्राथमिकता


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

३० भदौं, काठमाडौं । प्राइम कमर्सियल बैंकले चुक्ता पुँजी ८ अर्व रुपैयाँ पुर्याउनका लागि आफ्ना सेयर होल्डरलाई बोनस सेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिएको चुक्ता पुँजी वृद्धि निर्देशन अनुसार बोनस सेयर बाटै बृद्धि गर्न लागेको हो ।

बैक स्रोतका अनुसार संचालक समितिको निर्णयले ३ वर्षसम्म प्रतिवर्ष २० प्रतिशतका दरले बोनस सेयर दिने योजना पारित गरेको छ । केन्द्रिय बैंकले २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी बृद्धि गरी ८ अर्व रुपैयाँ पुर्याउन दिर्नेशन दिएको थियो ।
यसैगरी, बैंकले ८० करोड रुपैयाँ जति चुक्ता पुँजी भएको ख वा ग वर्षको वित्तीयस संस्था खरिद गर्ने नीति अघि सारेको छ । बोनस सेयरबाट मात्रै ८ अर्व पुँजी नपुग्ने भएकाले सो प्रस्ताव पनि ल्याएको छ । ८ अर्व रुपैयाँ पुँजी पुर्याउन आवश्यक थप रकमका लागि भने राइट सेयर जारी गर्ने भएको छ । जसको लागि ३ वरावर १ राइट सेयर जारी गर्ने नीति लिएको समेत बैंक स्रोतले जानकारी दिएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्व १४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि बैंकले १९ प्रतिशत बोनस दिएको थियो । बैकले आर्थिक वर्ष ०७१/७२ मा ८० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम खर्च गरेर बढी नाफा कमाउने वाणिज्य बैंकको सुचीमा पहिलो स्थानमा रहेको छ । बैकले ४२ करोड रुपैयाँ खर्च गरेर ८० करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष बैंकले ५५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । यसैगरी गत आवमा बढी नाफा कमाउनेको ११ औं स्थानमा रहेको छ । बैंकको कर्मचारी खर्च पनि अन्य बैकको तुलनामा एकदमै न्युन रहेको छ ।

असार मसान्तसम्म बैंकको सञ्चित कोषमा १ अर्ब २७ करोड छ । पछिल्लो १ वर्षको अवधिमा बैंकको व्यवसायको आकारमा पनि ह्वात्तै बढेको छ । ०७२ असार मसान्तसम्ममा बैंकले ४१ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, बैंकले कुल कर्जामा खराब कर्जा मात्रा पनि उल्लेख्य घटाएको छ । ०७१ मा २ दशमलव ४३ प्रतिशत रहेको खराब कर्जा ०७२ मा आइपुग्दा १ दमलव ७५ प्रतिशतमा झारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL