Logo

जनचेतनामूलक कार्यक्रमका लागि १ करोड ४२ लाख, प्राथमिकतामा उपभोक्ता शिक्षा

जनचेतनामूलक कार्यक्रमका लागि १ करोड ४२ लाख, प्राथमिकतामा उपभोक्ता शिक्षा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१९ भदौ,काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले चालु आर्थिक बर्षमा सूचना तथा जनचेतनामूलक कार्यक्रमका लागि १ करोड ४२ लाख ५० हजार छुट्याएको छ ।

सो रकम प्राधिकरणको नियमित बजेटको विज्ञापन तथा छपाई शिर्षकबाट खर्च गरिने बताइएको छ ।

दुरसंचार माध्यम मार्फत जनचेतना दिने उद्देश्यले उपभोक्ता शिक्षा कार्यक्रम संचालन गर्न लागिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत उपभोक्ता शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ ।

प्राधिकरणले शिक्षा कार्यक्रमका लागि १० लाख बजेट छुट्याएको छ । त्यस्तै जनचेतनामूलक कार्यक्रम अन्तर्गत विभिन्न संचार माध्यमहरुबाट दूरसंचार सेवा सम्बन्धी सन्देशहरु निर्माण तथा प्रसारण गर्ने लक्ष्य अनुरुप १० लाख रुपैयाँ बजेट निर्धारण गरिएको छ ।
सो कार्यक्रमलाई सफल पार्न प्रथम चरणमा कार्यक्रम निर्माणको लागि संस्था छनौट गर्ने बताइएको छ । जसका लागि १ लाख बजेट निर्धारण गरिएको छ । त्यसैगरी चालु आवको दोस्रो चौमासिकमा विभिन्न संचार माध्यमहरुबाट दूरसंचार सेवा सम्बन्धी सन्देशहरु निर्माण प्रसारण गर्नका लागि ५ लाख बजेट छुट्याएको छ ।

सूचना तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत नेपालमा दुरसंचारले १ सय वर्ष पुगेको अवसरमा डकुमेन्ट्रि तयार गर्ने वार्षिक कार्ययोजनामा उल्लेख छ । सो कार्यक्रमलाई प्राधिकरणले विशेष कार्यक्रमको रुपमा अघि सारेको सहप्रवक्ता मिश्रले जानकारी दिए । ‘यसका लागि ७ लाख ५० हजार बजेट तर्जुमा गरिएको छ’ उनले भने । मिश्रका अनुसार डकुमेन्ट्रि बनाउनको लागि पहिलो चरणमा २ लाख खर्च गर्ने योजनामा प्राधिकरण छ । दोस्रोमा कसरी प्रभावकारी बनाउनेसहित तेस्रो तहको चौमासिकमा कार्यक्रम सम्पन्न गराउने दुरसंचार प्राधिकरणले जनाएको छ ।

रेडियो नेपाल तथा नेपाल टेलिभिजनसँगको सहकार्यमा दूरसंचार सम्बन्धी कार्यक्रमरु निर्माण तथा प्रसारण गर्ने कार्यतालिका तय गरेको छ । कार्यक्रम निर्माण तथा प्रसारणको लागि प्राधिकरणले १ करोड रुपैयाँ  बजेट निर्धारण गरेको छ ।
यस कार्यक्रम तीन चरणमा कार्यन्वय हुने छ । प्रथम चरणमा कार्यक्रम निर्माण तथा विषयवस्तु छनौट गर्नका लागि १० लाख, दोस्रो चरणमा दूरसंचार सम्बन्धी शिर्षकमा ४० लाख बजेट अनुमान गरिएको छ । कार्यक्रम निर्माण पछि प्रकाशन तथा प्रसारणको लागि ५० लाख रुपिँया प्राधिकरणले आर्थिक वर्ष २०७२र७३ को कार्यतालिकामा समावेश गरिएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा बुलेटिन प्रकाशनको लागि १० लाख बजेट छुट्याएको छ । विषयवस्तु छनौट गरी यस वर्ष गरेका गतिविधिलाई ठोस रुपमा बुलेटिनको रुपमा प्रकाशन गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्