Logo

४ दिनमा साढे २ अर्वको सेयर कारोवार, १४ अंकले गिरावट

४ दिनमा साढे २ अर्वको सेयर कारोवार, १४ अंकले गिरावट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ भदौं, काठमाडौं । यस साता बजारमा २ अर्व ५४ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । सातामा ४ दिन बजार खुलेकोमा सो रकम बराबरको सेयर कारोवार भएको हो । सातामा ५ दिन सेयर कारोवार हुनेमा पहिलो दिन उपत्यका विदा भएकाले नेपाल स्टक एक्सचेन्ज बन्द रहेको थियो ।

साताको पहिलो दिन ६१ करोड ३३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको थियो । यो साताको सवैभन्दा रकमको सेयर कारोवार भएको दिन थियो भने नेप्से परिसुचक सवैभन्दा बढी १६ अंकले बढेको थियो । सो दिन १ सय ३२ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर कारोवार भएको थियो ।

यसैगरी सातको तेस्रो दिन नेप्से परिसुचक झण्डै ८ अंकले घटेर ६६ करोड ४० लाख रुपैयाँको कारोवार भएको थियो । भने बधबार पनि नेप्से परिसुचक १५ अंकले घटेर ७० करोड ७१ लाख रुपैयाँको कारोवार भएको थियो ।

साताको अन्तिम दिन नेप्समा सवैभन्दा कम रकमको कारोवार भएको थियो । विहीबार नेप्से परिसुचक ६ दशमलव ८६ अंकले घटेर ५५ करोड ९७ लाख रुपैयाँ बरावरको कारोवार भएको थियो ।

समग्रमा यो साता नेप्से परिसुचक १४ दशमलव ३६ अंकले घटेको छ । साताको पहलो दिन सोमबार कुल १६ अंकले बढेको नेप्से त्यसयता लगातार ओरालो लागेको थियो । यो साता नेप्से परिसुचक १ हजार १ सय ६९ अंकमा झरेर अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्