Logo

कोरोना कहर : विश्वभर झण्डै ५४ लाख संक्रमित, २२ लाख बढी संक्रमित उपचारपछि निको भएर घर फर्के (अपडेट)

कोरोना कहर : विश्वभर झण्डै ५४ लाख संक्रमित, २२ लाख बढी संक्रमित उपचारपछि निको भएर घर फर्के (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ३ लाख ४३ हजार ६ सय आठ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ। यस्तै सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन्।

त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ। यसैगरी रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ। स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन्। त्यहाँ २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ।

इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन्। भारतमा १ लाख ३१ हजार २ सय २३ जना संक्रमित रहेका छन भने त्यहाँ ३८ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन्। विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्