Logo

कोरोना कहर : कोरोनाले विश्वभर ३ लाख साढे २४ हजारको मृत्यु, निको हुनेको संख्या २० लाख नजिक (अपडेट)

कोरोना कहर : कोरोनाले विश्वभर ३ लाख साढे २४ हजारको मृत्यु, निको हुनेको संख्या २० लाख नजिक (अपडेट)



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार विहानसम्म कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५०८ पुगेको हो ।

सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५१९ को मृत्यु भएको छ । बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ ।

नेपालमा हालसम्म ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । ४७५ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्