Logo

कोरोनाको जोखिम बढेपछि भक्तपुर सिल गरियो, काठमाडौं र ललितपुर पनि सिल गरिदैं

कोरोनाको जोखिम बढेपछि भक्तपुर सिल गरियो, काठमाडौं र ललितपुर पनि सिल गरिदैं



काठमाडौं । काठमाडौंमा उपत्यकामा कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान सिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक सिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिंडडुलमा रोक लगाइएको छ ।

संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । मंगलबार गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् ।

यस्तै भक्तपुर र काठमाडौंमा पनि संक्रमित भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले जिल्लाहरु सिल गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ । गृह श्रोतका अनुसार यस विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल भएको छ।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पका, महोतरीका २ जना धनुमाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १२ सर्लाहीका एक जना छन। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL