Logo

आउँदो बजेटमा कर नबढाउने अर्थमन्त्रीको घोषणा, व्यवसायीलाई छुटको अवसर पनि दिने

आउँदो बजेटमा कर नबढाउने अर्थमन्त्रीको घोषणा, व्यवसायीलाई छुटको अवसर पनि दिने



काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो बजेटमा आउँदो बजेटमा कर नबढाउने घोषणा गरेका छन् । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७र७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने बताए । कर बढाउने नभइ दायरा बढाइने खतिवडाले बताए ।

कोरोनाले प्रभावित बनाएको आर्थिक गतिविधिलाई पुनर्जागरण ल्याउने गरी कार्यक्रम आउने अर्थमन्त्रीले बताए । उनले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने पनि बताए । कोरोनाको असर कम गर्न गहन जिम्मेवारी गरेको र चुनौती पन्छाउँदै नेपाललाई समृद्धिको बाटोमा डोर्याउने गरी बजेट आउने खतिवडाको दाबी छ ।

अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपरेको, सिमानाको आवागमन बन्द गरेको, आन्तरिक आवागमनमा पनि रोक लगाउँदा मानवीय क्षति नभएको र सङ्क्रमित कम नै रहेको तर अर्थतन्त्रमा भने ठूलो क्षती भइरहेको उनको भनाइ छ ।

कोरोनाविरुद्ध लड्दै आर्थिक समृद्धितर्फ जानको लागि बजेट केन्द्रित हुने अर्थ मन्त्री खतिवडाले बताए । बजेटमा खासगरी नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा पाउने कुरालाई जोड दिइने उनले बताए । बजेटले आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने उनको विश्वास छ ।

ठूला र चालु अवस्थामा रहेका राष्ट्रिय महत्वका आयोजनामा स्रोत कमी हुन नदिने गरी बजेट आउने पनि अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL