Logo

वार्षिक ७ प्रतिशतले बढ्यो विद्युत निर्यात

वार्षिक ७ प्रतिशतले बढ्यो विद्युत निर्यात


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

३ भदौं, काठमाडौं । नेपाली जनताले दिनहुँ ११ घण्टा लोडसेडिङको मार खेपिरहँदा विद्युत् निर्यातमा भने बृद्धि भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नेपालमा ४ सय ८२ दशमलव २९ मेगावाट विद्युत् उत्पादन भएकोमा प्रतिघण्टा ३ हजार ७ सय ४३ गिगावाट विद्युत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको वार्षिक समीक्षाले यस्तो देखाएको हो ।

सो निर्यात अघिल्लो आर्थिक बर्षको तुलनामा ७ दशमलव ०८ प्रतिशतले बढी हो ।

सो अवधिमा भारततर्फको निर्यातमा भने कमी आएको छ । गत आवमा भारततर्फ ३ दशमलव २१ गिगावाट विजुली निर्यात भएको थियो । अघिल्लो आवमा ३ दशमलव ४० गिगावाट बिजुली भारततर्फ निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ ।

निर्यातमा बृद्धि भएपनि देशमा प्रयात्प विजुली उत्पादन नहुँदा भारतबाट विजुली आयात गरिदै आएको छ । गत आवमा भारतबाट २ सय २४ दशमलव ४१ मेगावाट विजुली आयात गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा गत आवमा विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुबाट ३ सय ५७ दशमलव ३८ मेगावाट विद्युत उत्पादन भएको थियो । बाँकी १ सय २४ दशमलव ७१ मेगावाट निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुबाट उत्पादन भएको हो ।

स्वदेशभित्र विक्री हुने विद्युतमध्ये घरायसी प्रयोगमा सवैभन्दा बढी विद्युत खपत हुने गरेको छ । कुल विक्रीको ४४ दशमलव ७७ (१ हजार ६ सय ७६ दशमलव ३८ गिगावाट) प्रतिशत घरायसी प्रयोगमा खर्च हने बताइएको छ । त्यस्तै ३६ दशमलव ३० प्रतिशत उद्योगले प्रयोग गर्ने देखिएको छ । उद्योगहरूले १ हजार ३ सय ५९ दशमलव ३४ गिगावाट आवर विद्युत् खपत गरेका थिए ।

त्यसबाहेक व्यावसायिक काममा २ सय २ दशमलव १० गिगावाट आवर प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL