Logo

लकडाउनबारे निर्णय गर्न ११ बजे मन्त्रिपरिषद् बैठक, क्षेत्रगत आधारमा खुकुलो होला त लकडाउन ?

लकडाउनबारे निर्णय गर्न ११ बजे मन्त्रिपरिषद् बैठक, क्षेत्रगत आधारमा खुकुलो होला त लकडाउन ?



काठमाडौं । लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ । सरकारका एक मन्त्रीका अनुसार कम्तिमा पनि एक साता लकडाउन थप्ने तयारीमा सरकार छ ।

मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । तर, पछिल्लो समय कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरेर मोडल परिवर्तन गर्न सकिनेबारेमा समेत छलफल हुँदै आएपनि प्रधानमन्त्री केपी ओली लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

लकडाउनको मोडलबारे प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।

यसअघि घोषण गरेको लकडाउनको समय बैशाख २५ गते सकिँदै छ। नेपालमा कोरोना भाइरसबाट हालसम्म ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् । जनस्वास्थ्य सम्बन्धी कतिपय विज्ञले भने क्षेत्रगत आधारमा खतरा र कम खतरा रहेका क्षेत्र पहिचान गरि लकडाउनको स्वारुप परिवर्तन गर्नुपर्ने सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL