Logo

कोरोनाभाइरस संक्रमण : विश्वभर संक्रमितमध्ये १२ लाख निको भए, मृत्यु हुनेको संख्या अढाइ लाख नाघ्यो (अपडेट)

कोरोनाभाइरस संक्रमण : विश्वभर संक्रमितमध्ये १२ लाख निको भए, मृत्यु हुनेको संख्या अढाइ लाख नाघ्यो (अपडेट)



काठमाडौं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरसका कारण ३६ लाख ४१ हजार २०४ संक्रमितमध्ये ११ लाख ९२ हजार ९५९ जना उपचारपछि निको भएका छन् । यस्तै कोरोनाका कारण हालसम्म विश्वभर दुई लाख ५१ हजार ९४७ जनाको ज्यान गएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७०९ जनाको ज्यान गएको छ । संक्रमितको संख्या १२ लाख ११ हजार ८३८ पुगेको छ ।

इटालीमा दुई लाख ११ हजार ९३८ संक्रमितमध्ये २९ हजार ७९ जनाको मृत्यु भएको छ । स्पेनमा दुई लाख ४८ हजार बढी कोेरोना संक्रमितमध्ये २५ हजार ४२८ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या एक लाख ९० हजार पाँच नाघ्दा २८ हजार सात सय बढीको ज्यान गएको छ । फ्रान्समा संक्रमितको संख्या एक लाख ६९ हजार चार सय नाघेको छ । जसमध्ये २५ हजार दुई सय जनाको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा एक लाख ६६ हजार १५२ संक्रमितमध्ये ६ हजार ९९३ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या एक लाख २७ हजार ६५९ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ । ४६ हजार ४३७ जनामा संक्रमण देखिएको छ भने एक हजार ५६६ जनाको मत्यु भएको छ । त्यस्तै नेपालमा ७५ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्