Logo

नेपालमा थप एकजना कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६० पुग्यो

नेपालमा थप एकजना कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६० पुग्यो



काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा आईतबार कोरोनाको सँक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ।

संक्रमित युवालाई उपचारको लागि नारायणी अस्पतालमा आईतबार दिउँसो ल्याइएको छ। संक्रमित युवकको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएको थियो ।सँक्रमित युवकलाई उपचारको लागि नारायणी अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको छ।

यो यसअघि महानगरकै छपकैया ,घुसुकपुर र ईनर्वाका एक(एक जना गरि तीन जनामा कारोना भाईरसको सँक्रमण भेटिएको थियो । योसँगै पर्सा जिल्लामा मात्रै कारोना संक्रमित भएकाहरुको संख्या चार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्