Logo

अमेरिकामा कोरोनाको उपचार गर्न ‘रेमडिसिभियर’ प्रयोगको अनुमति, १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक

अमेरिकामा कोरोनाको उपचार गर्न ‘रेमडिसिभियर’ प्रयोगको अनुमति, १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक



काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले कोरोनाको उपचारको लागि यसअघि इबोलाको उपचारआमा प्रयोग भएको औषधि रेमडिसिभियरलाई आपतकालीन मन्जुरी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा जानकारी दिएका हुन् ।

यसअघि गत विहिबार अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शीयसका निर्देशक डाक्टर एन्थनी फाउचीले इबोलाको लागि बनाएको औषधि रेमडिसिभियरलाई गरिएको ट्रयालले १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक भएको बताएका थिए ।

यो औषधि एन्टी भाइरल औषधि हो । डाक्टर फाउचीले यो जादुई आँकडा नतिजा नभएपनि इबोलाको यो औषधिले कोरोना ठिक हुने प्रमाणित भएको दाबि उनले गरेका छन् ।

उनले यो अमेरिकाबाहेक कैयौं देशमा प्रयोग गरेको जानकारी दिएका थिए । यस औषधिक बारेमा चीनको एक मेडिकल जर्नलमा भने यो औषधिले कोरोना रोक्न सफल नभएको दाबि गरिएको थियो ।

यस्तो दाबि गरिएको बेला अमेरिकाले भने इबोलाको औषधिले कोरोना र्किने दाबि गरेपछि अहिले महामारी बनेको कोरोना रोक्न यो अनुसन्धान सहायक हुने विश्वास बढेको छ । अब एफडिएको अनुमति पछि अमेरिकामा अब कोरोनाको उपचारमा रेमडिसिभियर औषधि प्रयोग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL