Logo

विश्वका आधा श्रमिकको जीविकोपार्जनमा समस्या उत्पन्न भएको आइएलओको ठहर, समस्या सोचेभन्दा गम्भीर

विश्वका आधा श्रमिकको जीविकोपार्जनमा समस्या उत्पन्न भएको आइएलओको ठहर, समस्या सोचेभन्दा गम्भीर



काठमाडौं । १ अर्ब ६० करोड अर्थात विश्व श्रमशक्तिको आधा हिस्सा आफ्नो दैनिक जीवनयापनको चक्र नै गुमाउने अवस्थामा पुगेको छ । अन्तररािष्ट्रय श्रम संगठन ९आइएलओ०ले कोरोना भाइरसको महामारीका कारण विश्व श्रमशक्ती संकटमा परेको बताएको हो ।

संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा पेसा तथा रोजगारीमा ठुलो असर पर्ने भविष्यवाणी गरिएको छ । हाल कोरोना भाईरसका महामारीका कारण विश्वभर ३२ लाख बढी संक्रमित पुगेका छन् भने करिव २ लाख ३० हजार जनाले ज्यान गुमाईसकेका छन् ।

तथा अर्थतन्त्र पनि डामाडोल हुने अवस्थामा पुगेको छ । ‘विश्व श्रमशक्तीमा परेको प्रभाव हामीले ३ हप्ता अघि सोचेको भन्दा धेरै गहिरो भईसकेको छ । जसका कारण सम्पुर्ण श्रमशक्ती नै खतराको घेरामा पुगेको छ,’ आईएलओका महानिर्देशक गाय राइडरले भने ।

आइएलओका अनुसार यसअघि कोरोना भाईरसको महामारी सुरु भएको पहिलो एक महिनामै करिव २ अर्ब अनौपचारिक श्रमिकको मजदुरी गुमिसकेको थियो जुन विश्व श्रमशक्तिीको ६० प्रतिशत हुन्छ । अनौपचारिक जनशक्ति विश्व श्रमशक्ती अर्थात ३ अर्ब ३० करोडमध्येकै कमजोर श्रम शक्ती हो । जसका लागि हाल महामारीको समयमा जिविकोपार्जनमा सबैभन्दा ठुलो असर परेको छ ।

‘लाखौ कामदारहरुका लागि आम्दानी भएन भने खाना हुँदैन, न सुरक्षा हुन्छ न भविष्य हुन्छ, विश्वभरका लाखौं व्यवसायहरु विस्तारै श्वास फेर्दैछन्,’राईडरले भने, ‘उनिहरुसँग कुनै बचत हुँदैन र क्रेडिट पनि हुँदैन जुन कामदारको वास्तविक संसार हो । उनिहरुलाई चाँडै केही सहयोग गर्न सकिएन भने यसले भयावह रुप लिनेछ ।’

लामो समयसम्मको लकडाउन तथा व्यापार, व्यवसाय, उद्योगधन्दा बन्द हुँदा यसले श्रम समयमा पनि ठुलो असर परेको छ । यसले खासगरी निर्माण, खाद्य सेवा, होलसेल तथा खुद्रा व्यापार, रियल स्टेट तथा व्यवसायका क्रियाकलापमा असर परेको छ ।

यो बर्षको दोस्रो त्रैमाससम्म वर्किङ हावर १० दशमलव ५ प्रतिशतको अनुमान गरिएको थियो । जसमा ३ अर्ब ५० करोड जनशक्तिको फुलटाईम जागिरलाई समावेस गरिएको थियो । खासगरी अमेरिका, युरोप तथा मध्य एशियाका श्रमशक्ति मारमा पर्ने बताईएको थियो । वर्ल्र्ड इकोनोमिक फोरमबाट

प्रतिक्रिया दिनुहोस्