Logo

पीडादायी समस्याहरुका बीच विश्व अर्थतन्त्रले बिस्तारै यसरी गति लिनेछ, अर्थशास्त्री डेभिड रोजेनवर्गको विश्लेषण

पीडादायी समस्याहरुका बीच विश्व अर्थतन्त्रले बिस्तारै यसरी गति लिनेछ, अर्थशास्त्री डेभिड रोजेनवर्गको विश्लेषण



काठमाडौं । सन २००८ मा भएको आर्थिक संकट यति ठूलो थियो कि यसलाई आर्थिक मन्दी पनि मानियो । यस्तै कोरोना भाईरस (कोभिड–१९)को महामारीपछि पनि यसले अर्थतन्त्रमा ठूलो विनास निम्त्याउने सम्भावना उच्च छ । यसको दमनका विरुद्ध लगानीकर्ताहरुले १ दशक अघि आएको जस्तो मन्दीलाई झेल्न तयारी गर्नुपर्ने विज्ञहरुले बताएका छन् । जुन अर्थशास्त्री डेभिड रोजेनवर्गले विश्लेषण गरेका हुन ।

उनका अनुसार अमेरिकाको अर्थव्यवस्था मे महिनामा पुन खुल्नेछ र उद्योगधन्दाहरु पुरानै अवस्थामा फर्कनेछन् । कोरोना भाईरसले अर्थतन्त्रमा ठूलो मन्दी ल्याउने त निश्चित छ । यसको दिनप्रतिदिनको फैलावटले मानिसहरुको दैनिक जीवनयापनमा समेत समस्या परेको छ । उनले यसको विरुद्धको भ्याक्सिन नबनेपनि आगमी ६ महिनामा श्वासप्रश्वास विरुद्धको औषधि भने बन्ने भविष्यवाणी गरेका छन् ।

यो बर्षको दोस्रो त्रैमाससम्म वास्तविक घरेलु उत्पादन ३० प्रतिशतले गिरावट आउनेछ । यस्तै प्रत्येक देशको आयमा गिरावट आउने प्रक्षेपण गरिएको छ । साथै बेरोजगारी दर पनि यो बर्षको अन्त्यसम्म १४ दशमलव २ प्रतिशत पुग्नेछ भने सन २०२१ सम्म यो १३ प्रतिशतको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रत्येक त्रैमासमा अर्थतन्त्रका विभिन्न सूचकहरु ओरालो लाग्नेछन् । र कुल सम्पत्तिको आधार अंक ३१ मा पुग्ने र सन २०२१ मा यो अझै घट्ने प्रक्षेपण गरिएको छ ।

यस्तै विश्व स्टक मार्केट पनि दोस्रो त्रैमाससम्म मा घटेर पिंधमा पुग्ने बताइएको छ । र त्यसपश्चात विस्तारै बढ्न सक्ने सम्भावना रहेको छ । आगामी महिनासम्म विश्व स्टक मार्केट ३० प्रतिशतले गिरावट आउने बताईएको छ । –सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्
MBL