Logo

कोरोना कहर : मृतकको संख्या १ लाख ९० हजार नाघ्यो, कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

कोरोना कहर : मृतकको संख्या १ लाख ९० हजार नाघ्यो, कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?


बिजखबर संवाददाता
459
Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १० देशमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख ३ हजार ६ सय १५ पुगेको छ । बिहीबार मात्रै ८३ हजार २ सय २६ जना संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ६ सय ४६ पुगेको छ भने मृतकको संख्या ४९ हजार ७ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३० हजार २ सय ५७ संक्रमित भेटिएका छन् भने २ हजार ९५ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ भने २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार मात्रै ४ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ४० जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ पुगेको छ भने मृतकको संख्या २५ हजार ५ सय ४९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४६ जना संक्रमित थपिएका छन् भने ४ सय ६४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै फ्रान्समा २ हजार २ सय ३९ जना नयाँ संक्रमित थपिदा ५ सय १६ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा संक्रमितको संख्या १ लाख ५३ हजार १ सय २९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ५ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८१ मा कोरोना पुष्टि भएको छ भने २ सय ६० जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा १ लाख ३९ हजार २ सय ४६ जना संक्रमित हुँदा १८ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै बेलायतमा ४ हजार ५ सय ८३ जना नयाँ संक्रमित थपिदा ६ सय ३८ जनाको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ९० पुगेको छ भने २ हजार ४ सय ९१ ले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ भने मृतकको संख्या ६ सय २१ पुगेको छ ।

नेपालमा भने बिहीबार ३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्