Logo

मास्क किन लगाईन्छ ? यस्ता छन् मास्क लगाउनुका कारण तथा फाइदाहरु

मास्क किन लगाईन्छ ? यस्ता छन् मास्क लगाउनुका कारण तथा फाइदाहरु



काठमाडौं । मानिसहरु किन मास्क लगाईरहेका छन भनेर तपाईँहरु अन्यौलमा हुनुहुन्छ ? वा तपाईँले मास्क किन लगाउनु भएको छैन ? पछिल्लो समय कोभीड–१९ को महामारीसँगै यी दुवै प्रश्न जोडदार रुपमा उठिरहेका छन् ।

संक्रमित मानिसबाट बचाउन र आफ्नो संक्रमण अरुलाई नसरोस भन्नका लागि मास्क लगाईन्छ । सामान्य रुपमा भन्ने हो भने मास्क नलगाउने मानिसलाई यस्ता संक्रमणबाट बचाउन भने कठिन देखिन्छ ।

संक्रमणबाट जोगिन मेडिकल मास्क र आफुलाई फिट हुने मास्क राम्रोसँग मिल्ने गरी लगाउनुपर्छ । यहि मास्कले आफ्नो संक्रमण अरुलाई सार्न बाट जोगाउँछ, जुन समाजका लागि धेरै राम्रो हो ।

तर, संक्रमित व्यक्तिले अलिकती होसियारी नपनाउँदा भने समाजमा धेरै ठुलो असर पर्न सक्छ । कोरोना भाईरसको फैलावट नियन्त्रण गर्ने सबैभन्दा उत्तम उपाय नै संक्रमितलाई समाजबाट टाढा राख्नु हो ।

कोरोना भाईरस सर्ने सबैभन्दा महत्वपुर्ण सूचकको रुपमा हाम्रो मुखका थुकका छिटालाई लिईएको छ । यसले हामीले हाच्छ्यु गर्दा या खोक्दा मात्रै नभएर बोल्दा पनि कोरोना सर्न सक्ने सम्भावना अत्याधिक रहन्छ ।

थुकका छिटाहरु केही बेरमा वाफमा परिणत हुन्छन र नजिकै भएका मानिसहरुलाई बढी असर पार्दछन । यो खासगरी विरामीसँग दिनभरी कुरा गर्ने डाक्टरहरुका लागि विशेष ख्यालको बिषय हो । त्यसैले पनि मास्क लगाउनु धेरै महत्वपुर्ण छ ।

मास्कले एक मानिसदेखि अर्को मानिससम्म सर्न सक्ने रोगलाई धेरै न्यूनीकरण गर्छ । तर, एक अध्ययनका अनुसार कपासको मास्कले भने हाम्रो मुखमा भएको जीवाणूहरु बाहिर फैलनलाई अन्य किसिमका मास्कहरुभन्दा ९९ प्रतिशत कमी ल्याउँछ । खासगरी यसले हामीलाई संक्रमित हुनबाट बचाउने र समाजमा यसको फैलावट नियन्त्रण गर्न मद्धत गर्छ ।

कोरोना संक्रमितलाई कुनै लक्षण नदेखिईकनै धेरै मान्छेलाई सरीसक्ने हुनाले यसको रोकथाम ज्यादै कठिनपुर्ण छ । हालैको एक अनुसन्धानले विश्वभरको कोरोना संक्रमितमध्ये आधालाई यसका लक्षण देखिएका छैनन । हालैको एक अर्को अध्ययनले मास्क लगाउने ८० प्रतिशत मानिसहरुमध्ये ६० प्रतिशत संक्रमित छन । धेरै देशहरुको जनसंख्याका आधारमा ८० प्रतिशत जनसंख्याले मास्क लगाउने पाईएको छ जसका कारण कोरोना नियन्त्रण गर्न धेरै सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्