Logo

कोरोनाभाइरसबाट बच्न तपाईंले कुन मास्क लगाउनु पर्छ ? यस्ता छन् मास्कका प्रकार, लगाउने र बनाउने तरिका

कोरोनाभाइरसबाट बच्न तपाईंले कुन मास्क लगाउनु पर्छ ? यस्ता छन् मास्कका प्रकार, लगाउने र बनाउने तरिका



काठमाडौं । ‘मास्क’ कोरोनाभाइरसको बिरूद्ध लडाईमा अनुहारको प्रतीक बनेको छ । विश्वकै शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकादेखि र नेपालसम्म सरकारले नै कोरोना संक्रमणबाट बच्न मास्क लगाउन सिफारिस गरिरहेका छन् । केहि अवस्थामाबाहेक धेरैले यो कुरा स्वीकारेका छन् कि मास्कले घातक प्रकोप फैलिन कम गर्न मद्दत गर्दछ ।

तर, अहिलेको सबैभन्दा जटिल प्रश्न कस्तो मास्क छनौट गर्ने वा लगाउने भन्ने हो, जुन कुरा पत्ता लगाउन त्यति सजिलो छैन । अहिले एन९५ र मेडिकल मास्कहरू सबैभन्दा धेरै चर्चामा रहेका छन् । जसले सबैभन्दा धेरै सुरक्षा प्रदान गर्दछन भन्ने आम विश्वास छ र यिनको माग पनि धेरै छ । तर, अहिले यस्ता मास्क नियमित रूपमा संक्रमित बिरामीहरूको हेरचाहमा खटिइरहेका स्वास्थ्यकर्मीहरूको लागि आरक्षित हुनुपर्दछ भनिएको छ, जो आफै निकै जोखिममा रहेर काम गरिरहेका छन् ।

मास्क केवल तब राम्रो हुन्छ जब यसलाई राम्रोसँग लगाईन्छ । नाकको माथिपट्टिबाट चिउँडोसम्म छोपिने गरी मास्क लगाउनुपर्छ । जब तपाईं बाहिर निस्कनुहुन्छ मास्क तल र माथि सार्न हुन्न । जब कुनै मास्क सय प्रतिशत प्रभावकारी हुँदैन तब सामाजिक दुरी र नियमित हात धुने गर्नु नै तपाईं र अन्य दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ ।

कस्तो मास्क लगाउने भन्ने तपाईंहरुको अन्यौलतालाई चिर्न यहाँ मास्कहरूका केही प्रकारहरू, कस्तो मास्कले कसरी काम गर्छ, तपाईंले आफैं बनाउँदा के विचार गर्ने र मास्कले प्रदान गर्न सक्ने सुरक्षाको स्तरबारे यहाँ चर्चा गरिएको छ ।

एन९५मास्क


विशेषज्ञहरुका अनुसार एन९५ सबै भन्दा पहिचान योग्य र प्रभावकारी मास्क हो । यसको नामको अर्थ यसले कम्तिमा ९५ प्रतिशत साना कणहरू रोक्न सक्छ । जुन ० दशमलव ३ माइक्रोन सम्मका कणहरु रोक्न सक्छ । एक औसत मानव कपाल करिब ७० देखि १०० माइक्रोन चौडा हुन्छ । यो मास्क, व्यक्तिगत प्रयोगको लागि डिजाइन गरिएको हो । यी मास्कहरु पोलिस्टर र अन्य सिन्थेटिक फाइबरहरूद्वारा बनाइएको हुन्छ । यो मास्कमा ट्यान्ग्ल्ड फाइबरहरूको पत्रहरु हुने गर्छन जसले फिल्टरको रूपमा काम गर्दछन । यसले कुनै जीवाणुका कणहरू पार गर्न नसक्ने बनाउँछ ।

यो मास्क लगाउँदा यो निश्चित हुनुपर्छ कि मास्कको किनार र तपाईंको छालाको बीचमा कुनै अन्तर छैन । धेरै स्वास्थ्य सेवा र अन्य कामदारहरूले वार्षिक यसको उपयुक्ततता परीक्षण गर्छन् । जसले हावा चुहावटको लागि जाँच र मास्कका आकार र उचित रूपमा मास्क फिट छन् भनेर निश्चित गर्दछन् । (यदि तपाईंको अनुहारमा दाह्री छ भने, तपाईलाई यो उचितरुपमा फिट नहुन सक्छ ।_

साथै यी मास्क बच्चाहरूको लागि पनि राम्रोसँग फिट हुँदैनन्) केहि एन९५ मास्कहरुको अगाडि सानो प्वाल पनि हुन्छ । जसले सास फेर्न सजिलो बनाउँछ । ती मास्कहरू प्राय निर्माणको क्षेत्रमा काम गर्नेहरुले प्रयोग गर्छन । तर, यस्तो प्वाल भएका मास्कको प्रयोग अस्पताल तथा अप्रेसन कक्षहरुमा प्रयोग गर्न हुँदैन ।

मेडिकल (चिकित्सा) मास्क

मेडिकल मास्कहरु विभिन्न प्रकारका छन् । यी मास्कहरु एन९५ भन्दा कम प्रभावकारी हुन्छन । केही मेडिकल मास्कहरुले ६० देखि ८० माइक्रोनसम्मका साना कणहरूको फिल्टर गर्दछन । यी मास्क जब राम्रोसँग लगाईन्छ, यसले कोरोना भाइरसको फैलावट रोक्न मद्दत गर्न सक्छ । मुख्य गरि जब कसैले खोक्छ वा हाछ्ँयु गर्छ, तब यस्तो मास्कले त्यसबाट आउने जीवाणुहरु रोक्न मद्दत गर्छन ।

मेडिकल मास्क प्रायः सास फेर्न सक्ने पत्रहरु राखेर बनाइएको हुन्छ । यो कागजजस्तो सिंथेटिक कपडा जुन आयताकार आकारमा रहेको हुन्छ र यसले तपाईंको अनुहारको वरिपरि सहजै फिट हुन मद्दत गर्दछ । यी मास्क डिस्पोजेबल र केवल एक पटक प्रयोग गर्नका लागि डिजाइन गरिएको हो । मेडिकल मास्कले ठूला थोपाहरू र छिटाहरु जोगाउन सक्छ । तर, यसको लुज फिटका कारण आंशिक रूपमा एन९५ भन्दा कम प्रभावकारी बनाउँदछ ।

घरेलु मास्क
मेडिकल मास्कको अभाव र आपूर्तिमा समस्या हुँदा धेरैले घरेलु मास्क बनाउने र किन्न गर्छन । कपडाबाट बनाइने यस्ता मास्कको उपयाृगिता कस्तो कपडाबाट बनाइयो भन्नेमा निर्भर हुन्छ । तर, घरेलु मास्कले कहिलेकाँही मेडिकल मास्कले गर्ने जस्तै तरीकाको सुरक्षा गर्न सक्छ । तर, अनुहार छोप्न केही पनि नहुुनुभन्दा यो लगाउनु पनि राम्रो हुन्छ ।

यद्यपि उच्चकोटीको कपडा प्रयोग भएको राम्रो घरेलु मास्क भाइरसका कणहरू रोक्न पर्याप्त पनि हुन सक्छ । तर, यसमा तपाईले राम्ररी सास फेर्न सहज भने हुनसक्ने हुनुपर्छ । यस्तो मास्क बनाउन कटन टिशर्ट, फ्लानेल वा कडा बुनेको तौलिया जस्ता सामग्री प्रयोग गर्न सकिन्छ । जसमा एकदमै कम प्रकाश छिर्छ त्यस्तो कपडाबाट बनेको घरेलु मास्कले सम्भवतः उत्तम सुरक्षा प्रदान गर्दछ । घरेलु मास्क बनाउन बनाउनका लागि विभिन्न ढाँचाहरू इन्टरनेटमा पनि भेटन सकिन्छ ।

फिल्टरसहितको घरेलु मास्क
केहि घरेलु मास्कहरूमा अतिरिक्त फिल्टर पनि लगाउन सकिन्छ । कफि फिल्टर र कागजी तौलियाहरु यसका लागि परीक्षण गर्न सकिन्छ । एउटा प्रयोगबाट कागज तौंलियाकाका दुई तहहरू २३ देखि ३३ प्रतिशतसम्म ०.३ माइक्रोन कणको प्रवाह रोक्न सफल भएको प्रमाणित भएको थियो ।

अहिले विभिन्न व्यक्तिहरूले एयर फिल्टरहरू र भ्याकुम ब्यागहरूसहितका मास्कहरुपनि प्रयोग गर्न थालेका छन् । त्यस्ता मास्कहरु प्रभावकारी त हुन सक्छन् तर जोखिम पनि हुन सक्छ । किनकी यस्ता मास्कबाट धेरै सास फेर्न सकिदैन र हानिकारक कीटाणुरु झन् फैलिन सक्छ । – न्यूयोर्क टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्