Logo

पुलित्जर विजेता क्यान्सर अनुसन्धानकर्ता डा.मुखर्जी भन्छन्, नआत्तिनुस हामी कोरोनाको औषधि र खोपहरू ल्याउँदैछौ

पुलित्जर विजेता क्यान्सर अनुसन्धानकर्ता डा.मुखर्जी भन्छन्, नआत्तिनुस हामी कोरोनाको औषधि र खोपहरू ल्याउँदैछौ



काठमाडौं । कोलम्बीया विश्वविद्यालयका सहायक प्रध्यापक तथा क्यान्सरका चिकित्सक तथा अनुसन्धाता डा। सिद्धार्थ मुखर्जी क्यान्सरको जिवनी ९एम्पेरर अफ अल मालाडिज० नामक पुस्तकबाट प्रख्यात छन् । उनी सन २०११ मा उक्त पुस्तक लेखेवापत पुलित्जर पुरस्कार प्राप्त गरेका थिए ।

उनले विश्वमा फैलिरहेको कोरोना भाईरसले विश्वलाई गरिरहेको परिवर्तनको बारेमा एक भिडियो कन्क्लेभमा भनेको कुराहरु यसमा समेट्न प्रयास गरिएको छ । उनले कोरोना भाईरस विरुद्धको खोप वा औषधि बनाउन केही समय चाहिने बताए । अब कोरोना भाईरस विरुद्धको औषधिको पर्खाईको अन्त्य हुने उनको भनाई छ । सबैले समय दिएर सहयोग गरे पक्कै पनि यसको औषधि पत्ता लाग्ने बताए ।

उनले कुनैपनि नयाँ औषधि बनाउनका लागि एक निश्चित समय आवश्यक हुने बताए । पहिलो फेजमा हाल भएको औषधिलाई छुट्टै उद्देश्यका लागि प्रयोग गरिन्छ । यसका लागि २ ओटा औषधि खासगरी हाईड्रोक्सिक्लोरिक्विन र रेमडेजिभिरलाई प्रयोग गर्न सकिन्छ । यस्तै दोस्रो चरणमा भने कोरोना भाईरसकै लागि परिक्षण गरिन्छ । एन्टीबडी निर्माण गर्ने औषधि बनाउदा सरसफाईलाई मुख्य ध्यान दिनुपर्छ ।

भाईरसहरुसँग आफुजस्तै धेरै भाईरस निर्माण गर्न सक्षम हुन्छन । त्यसैले भाईरसले संक्रमण गरेपछि शरिरमा फैलिन धेरै समय लाग्दैन । त्यसैले यसको एन्टीबडीले भाइरसले बनाउने अन्य भाईरस बनाउन रोक्नुपर्छ ।

चौथो चरण भने भ्याक्सिन बनाउनु हो । जसमार्फत रोगको उपचार धेरै छिटो र सजिलो तरिकाले गर्न सकिन्छ तर यो बनाउन भने धेरै समय लाग्छ । हालसम्म सबैभन्दा छिटो बनेको भ्याक्सिन १४ देखि १८ महिनासम्म लागेको छ ।

त्यसैले हालसम्म यसको हल पत्ता लागेको छैन । यसको मुख्य उपाय नै लकडाउन हो । लकडाउन नगरेमा कोरोना भाईरस छिटोभन्दा छिटो विश्वभर फैलने सम्भावना छ । लकडाउन गरिएन भने अवको ४० दिनमा विश्वभरीका मानिसहरुलाई यसको संक्रमण हुनसक्ने देखिएको छ । त्यसैले लकडाउनले यसको संक्रमण रोकथाम धेरै भन्दा धेरै हुन सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्