Logo

नडराउनुहोस ! कोरोना संक्रमणले सबैको ज्यान लिदैंन, चार लाखभन्दा बढी संक्रमित उपचारपछि भए स्वस्थ

नडराउनुहोस ! कोरोना संक्रमणले सबैको ज्यान लिदैंन, चार लाखभन्दा बढी संक्रमित उपचारपछि भए स्वस्थ



काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणले अहिले सारा विश्व त्रासमा छ । विश्वव्यापी यो महामारी हाल विश्वका २१० देशमा फैलिइसकेको छ । आइतबारसम्मको तथ्यांकअनुसार कोरोना भाइरसका कारण हालसम्म १७ लाख ८१ हजार ३८३ जना संक्रमित बनेका छन्।

यस्तै भाइरसका कारण एक लाख ८ हजार ८६४ जनाको मृत्यु भइसकेको छ। जसका कारण पनि विश्वभरका मानिस कोरोना भाइरसको त्रासमा छ । आधा विश्व अहिले लकडाउनमा छ । तर, कोरोना भाइरसको संक्रमण हुँदैमा सबैको ज्यान भने जाँदैन । विश्वभर कोरोना संक्रमित र मृतक संख्या बढ्दै जाँदा कोरोना संक्रमित उपचारपछि स्वस्थ बन्ने क्रम पनि जारी छ। हालसम्म ४ लाख ४ हजार ५६९ जना उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा ३० हजार ५०२ उपचारपछि स्वस्थ बनेका छन्। कोरोनाको उत्पत्तिस्थल चीनमा हालसम्म ७७ हजार ५७५ उपचारपछि स्वस्थ बनेका छन्।

यस्तै स्पेनमा ५९ हजार १०९, जर्मनीमा ५७ हजार ४००, इरानमा ४१ हजार ९४७, इटलीमा ३२ हजार ५३४, फ्रान्समा २६ हजार ३९१ उपचारपछि स्वस्थ बनेका छन्। यस्तै नेपालमा पनि हालसम्म कोरोना संक्रमित मध्ये १ जना निको भएर घर फर्किइसकेका छन् भने थप दुईजना निको भएर डिस्चार्जको तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्