Logo

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८ हजार नाघ्यो, अमेरिकामा मात्र २० हजार बढीको मृत्यु (अपडेट)

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८ हजार नाघ्यो, अमेरिकामा मात्र २० हजार बढीको मृत्यु (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर १ लाख बढीको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १७ लाख ७९ हजारभन्दा बढी पुग्दा ४ लाख २ हजारभन्दा बढी निको भएका छन् ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट शनिबार एकैदिन १८ सय बढीको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका हुन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ३८१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार २५७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २९ हजार ८१८ जना उपचारपछि निको भएका छन् । ११ हजार ३२० जनाको अवस्था गम्भीर रहेको । ४ लाख ८० हजार ८८४ जना उपचाररत छन् ।

अमेरिकापछि बढी प्रभावित बनेको इटालीमा १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ४६८ जनाको मृत्यु भएको छ । यसैबीच ३२ हजार ५३४ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख ६३ हजार २७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६०६ जनाको मृत्यु भएको छ । यसैबीच ५९ हजार १०९ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८३२ को मृत्यु भएको छ । यसैबीच २६ हजार ३९१ जना निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म ७८ हजार ९९१ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ८७५ जनाको मृत्यु भएको छ । इरानमा ७० हजार २९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ३५७ जनाको मृत्यु भएको छ । यसैबीच ४१ हजार ९४७ निको भएर फर्किएका छन् । बेल्जियममा २८ हजार १८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४६ जनाको मृत्यु भएको छ । यसैबीच ५ हजार ९८६ निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्