Logo

अनुसन्धानपछि बैज्ञानिककाे नयाँ निष्कर्ष : विश्वभर फैलिदैछ ३ प्रकारका काेराेना भाईरस, टाईप २ काे संक्रमण उच्च

अनुसन्धानपछि बैज्ञानिककाे नयाँ निष्कर्ष : विश्वभर फैलिदैछ ३ प्रकारका काेराेना भाईरस, टाईप २ काे संक्रमण उच्च



काठमाडौं । अध्ययन, अनुसन्धान र खोजमा विश्वकै अग्रणी बेलायतको क्याम्व्रिज विश्वविधालयले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) सम्बन्धमा नयाँ तथ्य सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले कोरोना भाइरससम्बन्धमा गरेको खोज र अनुसन्धानले कोरोना भाइरसका ३ प्रकारका फरक–फरक जिवाणु रहेको तथ्य फेला परेको छ । सो विश्वविद्यालयले डिसेम्बरबाट मार्चसम्मको कोरोना संक्रमणको तहगत अध्ययन गरेर ३ प्रकारका कोरोना जिवाणुको तथ्य फेला पारेको उल्लेख गरेको छ । वर्तमान अवस्थामा अमेरिकामा भएको कोरोना संक्रमणचाँहि चीनको हुवानबाट उद्गम भएको शुरुवाती कोरोना जिवाणुबाट भएको पत्ता लागेको छ ।

यी ३ वटै कोरोना जिवाणुका प्रकारहरु फरक–फरक छन् । पहिलो अर्थात टाइप ‘ए’ चाँहि हुवानमा चमेरोमार्फत मानिसमा सरेको जिवाणु भएको अध्ययनमा उल्लेख छ । यी चमेराहरुमा सालकहरुबाट कोरोना सरेको बताइएको छ । तर यो मात्र कोरोनाको बिशुद्ध प्रजाति हैन, डिसेम्बर महिनामा क्रिसमस ताका नै टाइप ‘बी’ कोरोना मानिसमा सरिसकेको बताइन्छ । सबैभन्दा बढी सरेको चाँहि टाइप ‘ए’ कोरोना जिवाणु पाइयो जुन अहिले अष्ट्रेलिया, चीन र अमेरिकामा देखिएको संक्रमणको कारक हा ।

यस टाइप ‘ए’ बाट अहिलेसम्म ४ लाख बढि संक्रमितहरु देखिन्छन् । अमेरिकाका दुई तिहाई संक्रमित स्याम्पलहरु टाइप ‘ए’ का पाइयो तर रहस्यको कुरा के भने टाइप ‘ए’ जिवाणु पाइए पनि संक्रमीतहरु पश्चिम तटबाट आएको पाइए जबकि अमेरिकामा सर्वाधिक संक्रमीत शहरचाँहि न्यूयोर्क हो जुन पश्चिममा छैन । डाक्टर पिटर फोस्टर र उनका सहयोगीले गरेको अध्ययनमा बेलायतचाँहि टाइप ‘बी’ संक्रमणले ग्रसित पाइएको छ ।

स्वीजरल्याण्ड, जर्मन, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा पाइएका दुईतिहाई स्याम्पलहरु पनि टाइप ‘बी’ कै पाइयो । अर्को टाइप ‘सी’ चाँही यूरोपमा सिंगापुरमार्फत सरेको बताइएको छ । बैज्ञानिकहरुका अनुसार कोरोना अर्थात कोभिड १९ का जिवाणुले जनसंख्या अनुसार तिनीहरुको रोगप्रतिरोधात्मक क्षमता निष्क्रिय गराउन आफूमा रुपान्तरण अर्थात म्यूटेशन गर्ने तथ्य पत्ता लागेको छ । यो झनै भयानक कुरा हो ।

यसका साथै अमेरिकीहरुमा डिसेम्बर अघि नै कोरोना संक्रमण भइसकेको सम्भावना पनि छ भन्ने प्रश्नमा शोधकर्ता समूहले यसका लागि थप ठूलो अध्ययन गरिनुपर्ने बताएको छ । यस अध्ययनका अनुसार टाइप बी अर्थात टाइप २ चाँही अत्यन्त सक्रिय रुपमा फैलिरहेको छ । –डेलीमेलबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्