Logo

लकडाउन उल्लंघन गर्नेमाथि कारवाही, आज बिहानसम्म ट्राफिक प्रहरीले गर्यो ३०२ सवारी साधन पक्राउ

लकडाउन उल्लंघन गर्नेमाथि कारवाही, आज बिहानसम्म ट्राफिक प्रहरीले गर्यो ३०२ सवारी साधन पक्राउ



काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL