Logo

कोरोना सन्त्रास : आपतकालीन घोषणापछि ट्वाईलेट पेपर हैन, यहाँ लाग्यो गाँजा किन्न भीड

कोरोना सन्त्रास : आपतकालीन घोषणापछि ट्वाईलेट पेपर हैन, यहाँ लाग्यो गाँजा किन्न भीड



काठमाडौं । केही हप्ता अघिमात्रै अष्ट्रेलियाका केही सपिङ मलमा ट्वाईलेट पेपरका लागि ग्राहक–ग्राहकबीच झगडा नै भउको भिडियो भाइरहल बनेको थियो ।

सपिङ मलमा ट्वाईलेट पेपरको अभाव भएपछि यसका लागि झगडा भएको संचारमाध्यमहरुले उल्लेख गरेका थिए । यो त भयो अत्यावश्यक वस्तुको अभावका लागि मानिसहरुले पछिको जोहो गर्ने बेला भएको एउटा सामान्य घटना ।

तरm यहाँको कुरा भने निकै रोचक छ । नेदरल्याण्डमा भने अत्यावश्यक वस्तुभन्दा पनि गाँजाको पसलमा बढी भीड लागेको अन्तरराष्ट्रिय संचारमाध्यम ट्राभलरले उल्लेख गरेको छ । गत आईतबार कोरोना भाईरस फैलिएको भन्दै नेदरल्याण्ड सरकारले आपत्कालिन उर्दी जारी गर्याे । आगामी अप्रिल ६ सम्मका लागि सम्पुर्ण रेष्टुरेन्ट, बार, कफी सपहरु सबै बन्दको घोषणा भयो ।

उक्त घोषणा गरेको केही मिनटमै विभिन्न पसलहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । सबैभन्दा बढी भीड भने गाँजाको पसलमा थियो, मानिसहरुले क्वारेन्टाईनमा बस्ने दिनहरुमा उपयुक्त हुनेभन्दै बढी भन्दा बढी गाँजा किनिरहेका थिए । अरु दिनमा कफी सपमा हुने भीडभाड त्यो दिन भने गाँजा पसलमा थियो ।

गाँजालाई नेदरल्याण्डमा पुरै वैधानिकता नदिईए पनि विक्री वितरणमा भने रोकावट छैन । त्यसदिन एकाएक दर्जनभन्दा बढी गाँजाका डिलरहरुमा मानिसहरुको ठूलो भीड लागेको थियो भने कफी पसलहरुमा मानिसहरुको संख्या एकदमै न्यून देखिन्थ्यो ।

त्यसको आधा घण्टामै गाँजाका पसलहर बन्द गरिए । भोलिपल्टदेखि मानिसहरुको भीड फेरी कफी सपमा देखियो । अघिल्लो दिन बन्द भएका कफी सपहरुले भोलिपल्टैदेखि विजनेस सुरु गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL