Logo

पञ्चकन्या समुहको नेपाल विद्युत प्राधिकरणलाई चिठी : ‘हामी ट्रंकलाईनको महशुल तिर्न सक्दैनौं’

पञ्चकन्या समुहको नेपाल विद्युत प्राधिकरणलाई चिठी : ‘हामी ट्रंकलाईनको महशुल तिर्न सक्दैनौं’



काठमाडौं । पञ्चकन्या समुहले नेपाल विद्युत प्राधिकरणलाई प्राधिकरणले तोकेको ट्रंकलाईनको छुट रकम तिर्न नसक्ने बताएको छ । कम्पनीले आईतबार एक चिठी लेख्दै प्राधिकरणले आफुले उपयोग नगरेको ट्रंकलाईनको छुट रकम तिर्न नसक्ने बताएको हो ।

नेपाल विद्युत प्राधिकरणले गत फागुन ११ गते पञ्चकन्या समुहलाई छुट रकम बापतको ५ करोड ७४ लाख २१ हजार ८ सय ९३ र ४ करोड ७३ लाख ८७ हजार ५ सय ९९ रुपैयाँको बिल प्राप्त गरेको थियो । सोही अनुसार उक्त महशुलसहितको बिजुली आफुले नचलाएको भन्दै समुहले प्राधिरकणमा चिठी पठाएको हो ।

प्राधिकरणले कम्पनीलाई ३५ दिनभित्र उक्त रकम जम्मा गर्न पनि निर्देशन दिएको थियो । तर कम्पनीले सोमबार प्राधिकरणलाई चिठी पठाउँदै आफ्नो स्थापना काल देखिनै साधारण लाइन लिई हाल सम्म संचालन हुदैं आएको कहिले पनि आफ्नो साधारण लाइनबाट अन्य लाइनमा परिर्तनको लागि कुनै पनि माध्यमले त्यस कार्यालय समक्ष अनुरोध नगरेको हुनाले उक्त रकम तिर्न नसक्ने बताएको हो ।

यस्तै कम्पनीले ट्यारिफ परिवर्तन गरिनुको कारणसमेत स्पष्ट पार्न नेपाल विद्युत प्राधिरकरणलाई अनुरोध गरेको छ ।

कम्पनीले उद्योगहरुको सम्वाद तथा सहमती विना उद्योगहरु लाई अन्य फिडरमा स्थानान्तरण गर्नु हुदैन भनि निवेदन दिदा पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाकोे मनोमानी तथा एकलौटी निर्णयले फिडर परिवर्तन हुन जानुको छानबिन गर्नु पर्ने बताएको छ ।

कम्पनीले आफ्नो उद्योगहरुले विभिन्न समय—समयमा विद्युतको महशुल बुझाएको र २ प्रतिशत छुट सहुलियत पनि लिएको बताउँदै बाँकी रकम तिर्न नसक्ने समेत चिठीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL