Logo

मौद्रिक नीति आज, पूर्नर्निमाण पहिलो प्राथमिकतामा

मौद्रिक नीति आज, पूर्नर्निमाण पहिलो प्राथमिकतामा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ साउन,काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको १३ औं मौद्रिक नीति बिहीबार आउदैछ । गर्भनर डा. चिरञ्जीवि नेपालले आफ्नो कर्याकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

यसपटकको मौद्रिक नीतिमा पूर्नर्निमाण पहिलो प्राथमिकता छ बताइएको छ ।

त्यस्तै मौद्रिक नीतिले सरकारले राखेको मूल्य बृद्धिको लक्ष्य भन्दा बढी हुने अपेक्षा राखेको छ । विकासका लागि पूँजी प्रवाह बढ्दा मूल्य बृद्धि ८ प्रतिशतको दरमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य छ ।

मौद्रिक नीतिले तरलता व्यवस्थापनका लागिबैङ्क तथा वित्तीय संस्थाहरुकोे अनिवार्य नगद मौज्दातमा शून्य दशमलव ५ देखि १ प्रतिशत बिन्दुसम्म वृद्धि गर्ने सम्भावना रहेको बताइएको छ । अहिले पनि बैङ्क तथा वित्तीय संस्थासंग तोकिएको ८० प्रतिशत अनुपातमा करीब ७ प्रतिशत रकम लगानी गर्न बाँकी रहेको अवस्था भएकोले यसमा फेरबदल नगरिने भएको छ ।

राष्ट्र बैंकका अनुसार तरलता व्यवस्थपन, वित्तीय क्षेत्रमा पहुँच,बैंक तथा वित्तीय संस्थको स्थापन, सञ्चालन तथा मर्जर,शेयर धितोलगायत विषयलाई समेट्नेगरी मौद्रिक नीति ल्याउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL