Logo

कैलास गाभेर प्राईम बैकले गर्यो एकीकृत कारोबार, अर्को बैंक पनि गाभ्ने घोषणा

कैलास गाभेर प्राईम बैकले गर्यो एकीकृत कारोबार, अर्को बैंक पनि गाभ्ने घोषणा



काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर आजबट संयुक्त कारोबार शुरु गरेको छ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित विशेष समारोहमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरे ।

गत असारमा दुई बैंकवीच भएको प्राप्ति सम्झौता अनुसार राष्ट्रबैंकले अनुमति दिएसँगै बिहीबारबाट संयुक्त कारोबार शुरु भएको हो । राष्ट्र बैंकले १८ फागुनमा वित्तीय संस्था प्राप्ति गर्ने अन्तिम स्वीकृत दिएको थियो ।

२१ फागुनमा कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति लिएसँंगै बिहीबारबाट कैलास विकास बैंक र प्राइम कमर्सियल बैंकको संयुक्त कारोबार शुरु भएको हो ।

एकिकृत कारोबारलगत्तै कुनै एक अर्काे राम्रो बैंक पाए गाभ्ने प्रक्रिया अघि बढाउने मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले जानकारी दिए । लगानीकर्तालाई लाभांस बढी दिने उद्देश्यले अन्य बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाइएको विष्टले बताए ।

कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो । कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो ।

कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप रु एक खर्ब ३० अर्ब, ऋण लगानी रु एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL