काठमाडौं । सरकारले ग्याँस उपभोक्तालाई नयाँ ग्याँस सिलिण्डर नबेच्न ग्याँस उद्योगीलाई निर्देशन दिएको छ । मंगलबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कोरोना भाईरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान अवस्थाबारे अन्तक्रिया कार्यक्रममा बोल्दै आपुर्ति सचिव बैकुण्ठ अर्यालले यस्तो निर्देशन दिएका हुन ।
कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईँले धेरै नयाँ सिलिण्डर बेच्नुभयो भने एकैजनासँग १५ ओटा सिलिण्डर थुप्रिने समस्या आउँछ , यस्तो बेला बजारमा ग्याँस सिलिण्डरको अभाव र उपभोक्ता आत्तिन्छन ।’
कार्यक्रममा बोल्दै नेपाल ग्याँस व्यवसायी संघका अध्यक्ष गोकुल भण्डारीले समेत आफुहरुले नयाँ सिलिण्डर बेच्न रोक लगाएको बताएका छन । नयाँ सिलिण्डर दिने गर्नाले समेत बजारमा अनावश्यक ग्याँसका सिलिण्डर थुप्रिने समस्या आएपछि यस्तो रोक लगाईएको उनको भनाई थियो ।
उनका अनुसार नेपालमा प्रतिदिन १ लाख ग्याँस सिलिण्डरको खपत हुन्छ जुन अहिलेको अवस्थामा पर्याप्त छ ।